‘जे होला होला’ प्रशारण शुरु

रमाइलो टेलिभिजनबाट हास्य टेलिश्रृङ्खला ‘जे होला होला’ प्रशारण सुरु भएको छ । बिहीबार (५ मंसिर) यसको औपचारिक घोषणासँगै प्रशारण सुरु भएको हो ।औपचारिक घोषणा कार्यक्रममा शुभारम्भको केक काटिएको थियो भने ओइपियलका अध्यक्ष दयाराम पाण्डे, रमाइलो टेलिभिजनका समन अधिकारी लगायतले सफलताको शुभकामना दिनुभएको थियो । टेलिश्रृङ्खलाका लेखक तथा निर्देशन सल्लाहकार उत्तम केसीले ‘हाम्रो टिमले मिहिनेत गरेर एउटा समसामयिक हाँस्य टेलिश्रृङ्खला दर्शकमाझ प्रस्तुत गरेका छौँ, यसले सबैको मन जित्नेमा म आशावादी रहेको छु’ भन्ने अभिव्यक्ति दिनुभयो । अग्रज र अनुभवी हास्य कलाकार उत्तम के।सी। नेपालको लेखन, दमन रुपाखेतीको निर्देशन रहेको हाँस्य टेलिश्रृङ्खला ‘जे होला होला’ रमाइलो टिभीबाट हरेक बिहीबार बेलुका ८ः३० बजे प्रशारण हुन थालेको हो । 
बिहीबार प्रशारण भएको पहिलो भागमा राजनीतिक व्यङ्ग्यमा भारतले गरेको सीमा अतिक्रमणका विषयलाई चोटिलो रुपमा प्रस्तुत गरिएको छ भने घरभेटी र भाडावालका कुराका साथै अन्य समसामयिक विषय उठान गरिएको छ । उत्सव केसी मुख्य सहायक निर्देशक रहेको यो हास्य टेलिश्रृङ्खलामा उत्तम केसी नेपाल, लक्ष्मण विक्रम वस्नेत, मुकुन्द मैनाली, सुशीला निरौला, उत्सव केसी, गीता नेपाल, विमला गौतम, सुमितकुमार घिमिरे, सबिता गजमेर, पूरुषोत्तम खडका, मनिता डंगोल, सागर खडका, सरस्वती पाण्डे, कृष्णभीरलगायतका कलाकारको अभिनय रहेको छ । दीपक रायमाझीको प्रकाश, लक्ष्मी मल्लको श्रृङ्गार, राजु श्रेष्ठको छायाङ्कन, पुष्कर सुनुवारको सङ्गीत, चिरञ्जीवी भण्डारीको गायन रहेको यो टेलिश्रृङ्खलामा सरिता गौतमको सम्पादन रहेको छ । तारकेश्वर कला प्रतिष्ठानको प्रस्तुति रहेको यो हास्य टेलिश्रृङ्खलाको कार्यकारी निर्माता उज्मा केसी र श्रीतिजा केसी रहेका छन् ।

प्रतिकृया दिनुहोस

आज र भोली फागु पूर्णिमा (होली) मनाइँदै 

फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी

जन्मोत्सवका अवसरमा प्रधानमन्त्रीद्वारा कपडा र शैक्षिक सामग्री वितरण 

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६९औँ जन्मोत्सव अवसरमा आठराई क्षेत्रका ४०० ज्येष्ठ नागरिकलाई कपडा र दुई हजार विद्यार्थीलाई शैक्षिक सामग्री