लकडाउन अविधिभरको कर मिनाहाको माग सहित कांग्रेस कार्यकर्ताद्वारा प्रदर्शन 

नेपाल सरकारले घोषणा गरेको लकडाउन अवधिभरिको कर मिनाहाको माग गर्दै नेपाली कांग्रेसका नेता–कार्यकर्ताले हिजो वीरगञ्जमा प्रदर्शन गरेका छन् । नेपाली कांग्रेस पर्सा क्षेत्र नं १ को अगुवाइमा पार्टीका नेता कार्यकर्ताले वीरगञ्जको आदर्शनगर चोकमा विभिन्न नारा लेखिएको प्लेकार्डसहित प्रदर्शन गरेका हुन् । कोरोना भाइरसको सङ्क्रमणलाई फैलिन नदिन सरकारले घोषणा गरेको लकडाउनले सबै नेपालीलाई आर्थिक समाजिक रुपमा ठूलो असर पारेकाले सङ्कटको यस घडीमा लकडाउन अवधिभरको कर, बैंक ब्याज तथा बिजुलीको बिल माफ गरी सरकारलाई अभिभावकीय भूमिका निर्वाह गर्न नेपाली कांग्रेस पर्साका सभापति अजयकुमार द्विवेदीले आग्रह गर्नुभयो । वहाँले लकडाउनका क्रममा उद्योग व्यापार ठप्प भई व्यक्तिको आम्दानीको स्रोत नै बन्द भएकाले सो अवधिकोे कर मिनाहा गरी सरकारले जनतालाई राहत दिन अति नै जरुरी रहेको बताउनु भएको छ । देशकै ठूलो वीरगञ्ज–पथलैया औद्योगिक करिडोरमा रहेका सबै उद्योग, वीरगञ्जमा रहेका सबै पसल, व्यापार बन्द हुनुका साथै कृषि कार्यसमेत लकडाउनमा प्रभावित भई सबैले ठूलो आर्थिक नोक्सानी उठाइरहेका बेला सरकारले जनतालाई राहत पु¥याउँदै सबै कर र तिनमा लाग्ने ब्याज मिनाहा नगरे अहिले चलिरहेको भद्र अवज्ञालाई आउने दिनमा कडा पार्दै लैजाने नेता द्विवेदीले चेतावनी दिनुभएको छ ।
 

प्रतिकृया दिनुहोस

लिपुलेकसम्म फैलियो नेपालको भूगोल, भारत बार्तामा बस्ने विस्वास

आकार र आर्थिक सामथ्र्यका आधारमा विश्वमानचित्रमा सानो भए पनि ओजपूर्ण अस्तित्वलाई अक्षुण्ण राख्दै सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र राष्ट्रका रुपमा

जेठ ३२ सम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

मन्त्रपिरिषदको बैठकले आगामी जेठ ३२ गतेसम्म लकडाउनको समय बढाउने निर्णय गरेको छ । हिजो साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले

आगामी वर्षका लागि १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट,सबै रोगबाट जीवन सुरक्षित बनाउने बजेटको उद्देश्य 

सरकारले १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैंयाको बजेट ल्याएको छ । अर्थमन्त्री युवराज खतिवडाले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा उक्त आकारको बजेटको