जेठ ३२ सम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

मन्त्रपिरिषदको बैठकले आगामी जेठ ३२ गतेसम्म लकडाउनको समय बढाउने निर्णय गरेको छ । हिजो साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले अन्तर्रा्ष्ट्रिय सिमानाका र विमानस्थल असार १६ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ  । यस्तै विदेशमा अलपत्र रहेका नेपालीलाई ल्याउने कार्ययोजना स्वीकृत गरेको जानकारी मिलेको छ । सरकारले विदेशमा अलपत्र रहेका नेपालीलाई उनीहरु रहेको देशस्थित नेपाली दूतावासमा नाम दर्ता गराएर प्राथमिकताका आधारमा स्वदेश फर्काउने तयारी गरेको छ । नेपाल ल्याएपछि काठमाडौंका होटलमा १४ दिन क्वारेन्टाइनमा राखेर मात्र जिल्ला प्रवेश गराउने योजना बनाएको छ । सरकारले पछिल्लो पटक थपेको लकडाउनको समय यही जेठ २० गते सकिदैछ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सिफारिसमा सरकारले लकडाउन लम्बाउने निर्णय गरेको हो ।

प्रतिकृया दिनुहोस

लिपुलेकसम्म फैलियो नेपालको भूगोल, भारत बार्तामा बस्ने विस्वास

आकार र आर्थिक सामथ्र्यका आधारमा विश्वमानचित्रमा सानो भए पनि ओजपूर्ण अस्तित्वलाई अक्षुण्ण राख्दै सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र राष्ट्रका रुपमा

लकडाउन अविधिभरको कर मिनाहाको माग सहित कांग्रेस कार्यकर्ताद्वारा प्रदर्शन 

नेपाल सरकारले घोषणा गरेको लकडाउन अवधिभरिको कर मिनाहाको माग गर्दै नेपाली कांग्रेसका नेता–कार्यकर्ताले हिजो वीरगञ्जमा प्रदर्शन गरेका छन् । नेपाली

आगामी वर्षका लागि १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट,सबै रोगबाट जीवन सुरक्षित बनाउने बजेटको उद्देश्य 

सरकारले १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैंयाको बजेट ल्याएको छ । अर्थमन्त्री युवराज खतिवडाले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा उक्त आकारको बजेटको