विवरणमा त्रुटी, संक्रमित संख्या २ सय ४५ नै 

सरकारले आज जेष्ठ १ गतेसम्म कोरोना भाइरसका संक्रमित २ सय ४५ नै रहेको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले पछिल्लो विज्ञप्ति जारी गरी नयाँ देखिएका पाँच संक्रमित पुरानै रहेकाले संक्रमितको संख्या २ सय ४५ जना नै रहेको स्पष्ट पार्नु भएको छ । यसअघि मन्त्रालयले आज बिहान ७ः४५ बजे जारी गरेको विज्ञप्तिमा धनुषा, महोत्तरी र सर्लाही तीन जिल्लाका पाँच जना नयाँ सङ्क्रमित भनिएकामा सच्याइएको वहाँले बताउनु भयो । अद्यावधिक विवरणअनुसार कोभिड–१९ को पुष्टि भएकाहरुको जम्मा संख्या २४५ नै रहेको छ, पछिल्लो अद्यावधिक विवरणअनुसार २ सय ५० भएकामा प्राविधिक कारणले पहिल्यै नै पुष्टि भएका पाँच जनाको विवरण पुनः रिर्पोटिङ भएको जानकारी गराउन चाहन्छु’, सहप्रवक्ता अधिकारीकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । यसअघि मन्त्रालयले २५० जनामा कोभिड–१९ भएको पुष्टि गरेको थियो । मन्त्रालयले पहिले बिहान ६ः१५ बजे दुई र पछि ७ः४५ बजे पाँच जना नयाँ संक्रमित भन्दै विज्ञप्तिमार्फत जानकारी गराएको थियो ।
 

प्रतिकृया दिनुहोस

अत्यावश्यकलाई मात्र अस्पतालमा राखिने : मन्त्री ढकाल

स्वास्थ्य तथा जनसङख्यामन्त्री भानुभक्त ढकालले कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेकाले अब अक्सिजन र भेन्टिलेटर आवश्यक पर्नेलाई मात्र

भोजपुरमा कोरोना संक्रमित भेटिए सँगै संक्रमितको संख्या ४८ 

धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा भोजपुरका २६ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको

थप १० जनामा कोरोना फेला, संक्रमितको संख्या ४२ पुग्यो  

उदयपुरमा हिजो थप १० जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीले कोभिड–१९ को