खाना पकाउने ग्यासको मूल्यमा बृद्धि, पेट्रोल र डिजलमा भने एक रूपैयाँ कमी ।

नेपाल आयल निगमले एलपी ग्यासको मूल्य वृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा एलपी ग्यासको मूल्य बढेको भन्दै निगमले हिजो राति १२ बजेदेखि लागू हुने गरी ग्यासमा प्रतिसिलिन्डर रु २५ ले वृद्धि गरेको हो । यससँगै ग्यासको मूल्य प्रतिसिलिन्डर रु एक हजार ३७५ पुगेको छ । यसैगरी निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको मूल्यमा प्रतिलिटर रु १ घटाएको छ । समायोजनसँगै पेट्रोलको मूल्य प्रतिलिटर रु १०९ तथा डिजेल र मट्टितेलको मूल्य प्रतितलिटर रु ९९ कायम गरिएको निगमले जनाएको छ । निगमले हवाई इन्धनको मूल्य भने यथावत नै राखेको छ । पेट्रोलियम पदार्थको खरिद मूल्य केही घटेर आएकाले मूल्य समायोजन गरिएको निगमका प्रवक्ता वीरेन्द्रकुमार गोइतले जानकारी दिनुभयो । निगमले ‘पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१’ अनुसार प्रत्येक १५÷१५ दिनमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको छ । भारतीय आयल निगमले प्रत्येक अङ्ग्रेजी महिनाको १ र १६ तारिखमा पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाउँदै आएको छ । ूल्य समायोजन पश्चात भारतमा भन्दा नेपालमा इन्धन मूल्य सस्तो छ । वीरगन्ज नाकामा इन्धनको मूल्य भारतको रक्सौलमा कायम पेट्रोलको बिक्री मूल्यभन्दा प्रतिलिटर १६ रुपैयाँ ४० पैसा र डिजलको मूल्य प्रतिलिटर १६ रुपैयाँ २७ पैसा सस्तो रहेको निगमले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस

बम विस्फोट गरी सडक खुलाइने

सिस्ने गाउँपालिका–२ मा बम विस्फोट गरी बाटो खुलाइने भएको छ । एक वर्षदेखि रोकिएको वडा नम्बर २ मा पर्ने देउखोला–नायगाड सडकखण्डमा बम विस्फोट गरी बाटो

इन्डक्शन चुलोको माग बढ्यो

कोरोना भाइरस (कोभिड–१९) का कारण बजारमा खाना पकाउने ग्यासको अभाव देखिएपछि इन्डक्शन चुलोप्रति उपभोक्ताको आकर्षण बढेको छ । कोरोनाको हल्लाले बजारमा

एनसेलको बाँकी लाभकर यसै आर्थिक वर्षमा उठ्ने राजश्व सचिवको  दावी ।

   अर्थ मन्त्रालयका राजश्व सचिव शिशिरकुमार ढुङगानाले सर्वाेच्च अदालतको आदेशपछि दूरसञ्चार सेवा प्रदायक संस्था एनसेलका लागि निर्धारण भएको कर यसै