बम विस्फोट गरी सडक खुलाइने

सिस्ने गाउँपालिका–२ मा बम विस्फोट गरी बाटो खुलाइने भएको छ । एक वर्षदेखि रोकिएको वडा नम्बर २ मा पर्ने देउखोला–नायगाड सडकखण्डमा बम विस्फोट गरी बाटो खुलाइने भएको हो । सडक खन्ने क्रममा पहिरो छिचोल्न नसकिएपछि बम विस्फोट गरेरै भए पनि ट्रयाक खोल्न लागिएको हो । त्यसका लागि बम विस्फोट गर्न गृह र रक्षामन्त्रालयले अनुमति दिइसकेको छ । जिल्लाको उत्तर पूर्वी क्षेत्र जोड्नेयो महत्वपूर्ण खण्ड हो । ग्रामीण सडक सञ्जाल सुधार आयोजना आरसीआइपीले ११.६ किलोमिटर लामो यो सडकखण्डमा आस्फल्ट कंक्रिट गर्ने भनेर पीएच÷शङ्करमाली निर्माण कम्पनीसँग सम्झौता गरेको थियो । सम्झौताअनुसार पहिलो वर्षमा ट्रयाक खोलि सक्नेदेखि ग्राभेलसम्मको काम गर्ने भनिएको छ भने, अर्को वर्षमा कालोपत्रको काम गर्ने भनिएको छ । आस्फल्ट कंक्रिट अर्थात ३० एमएमबाक्लो कालोपत्र गर्ने सम्झौता भएको हो । बम विस्फोट गर्ने कुरालाई गृह र रक्षामन्त्रालयले अनुमति दिएसँगै सडक निर्माणको काम पनि शुरु भइसकेको आयोजनाका निमित्त प्रमुख इञ्जिनीयर शङ्कर खत्रिले बताउनुभयो । अब सडक निर्माणको काम पनि छिट्टै सम्पन्न हुने उहाँले बताउनुभयो ।
 

प्रतिकृया दिनुहोस

इन्डक्शन चुलोको माग बढ्यो

कोरोना भाइरस (कोभिड–१९) का कारण बजारमा खाना पकाउने ग्यासको अभाव देखिएपछि इन्डक्शन चुलोप्रति उपभोक्ताको आकर्षण बढेको छ । कोरोनाको हल्लाले बजारमा

खाना पकाउने ग्यासको मूल्यमा बृद्धि, पेट्रोल र डिजलमा भने एक रूपैयाँ कमी ।

नेपाल आयल निगमले एलपी ग्यासको मूल्य वृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा एलपी ग्यासको मूल्य बढेको भन्दै निगमले हिजो राति १२ बजेदेखि लागू हुने गरी

एनसेलको बाँकी लाभकर यसै आर्थिक वर्षमा उठ्ने राजश्व सचिवको  दावी ।

   अर्थ मन्त्रालयका राजश्व सचिव शिशिरकुमार ढुङगानाले सर्वाेच्च अदालतको आदेशपछि दूरसञ्चार सेवा प्रदायक संस्था एनसेलका लागि निर्धारण भएको कर यसै