इन्डक्शन चुलोको माग बढ्यो
कोरोना भाइरस (कोभिड–१९) का कारण बजारमा खाना पकाउने ग्यासको अभाव देखिएपछि इन्डक्शन चुलोप्रति उपभोक्ताको आकर्षण बढेको छ । कोरोनाको हल्लाले बजारमा ग्यास नपाएपछि उपभोक्ता दैनिक चुलो किन्न खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा आउने गरेका छन् । कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले ग्यासको विकल्पका रुपमा रहेको चुलोको माग बढेको बताउनुभयो । उहाँका अनुसार अहिले दैनिक मानिस चुलो किन्न कम्पनीमा आउने गरेका छन् । कम्पनीले प्रधान कार्यालय भद्रकाली, बिक्री केन्द्र थापाथली र सिंहदरबार तथा घुम्ती बिक्री केन्द्रमा चुलो बेच्ने गरेको छ । “पहिलेभन्दा कोरोनाको हल्लाले ग्यास नपाएपछि धेरै मानिस फोन गरेर चुलोबारे सोध्ने गरेका छन्”, उहाँले भन्नुभयो, “दैनिक १०–१५ चुलो बिक्री भइरहेका छन् ।” भूकम्पका बेला चीन सरकारले नेपाललाई उपलब्ध गराएको चुलो अहिले पनि सङ्कटका बेला उपभोक्ताले लिने गरेका छन् । चीन सरकारले सित्तैमा नेपाललाई उक्त चुलो दिएको थियो । भूकम्प र भारतीय नाकाबन्दीमा बिक्री भएको चुलो त्यस यता त्यति बिक्री भएको थिएन । सबै प्रकारका भाँडा प्रयोग गर्न मिल्ने उक्त चुलोको मूल्य रु चार हजार पर्छ । पहिले चुलोको मूल्य रु ११ हजार तोकिए पनि उपभोक्ताको हितलाई ध्यानमा राखेर रु चार हजार कायम गरिएको नायब महाप्रबन्धक खनालले जानकारी दिनुभयो । चुलोमा आवश्यकताअनुसार २०० वाटदेखि एक हजार ६०० वाट विद्युत् प्रयोग गरेर खानेकुरा पकाउन सकिन्छ । आफूलाई आवश्यकताअनुसार कति चाँडो खाना पकाउने हो त्यहीअनुसार क्षमता बढाउन सकिन्छ । चुलोसँगै एउटा कराही पनि सित्तैमा उपलब्ध हुने उहाँले जानकारी दिनुभयो । ग्यासभन्दा सस्तो हुने उक्त चुलो विद्युत् भएका बेला जतिबेला पनि खाना पकाउन सकिन्छ ।
बम विस्फोट गरी सडक खुलाइने
सिस्ने गाउँपालिका–२ मा बम विस्फोट गरी बाटो खुलाइने भएको छ । एक वर्षदेखि रोकिएको वडा नम्बर २ मा पर्ने देउखोला–नायगाड सडकखण्डमा बम विस्फोट गरी बाटो
खाना पकाउने ग्यासको मूल्यमा बृद्धि, पेट्रोल र डिजलमा भने एक रूपैयाँ कमी ।
नेपाल आयल निगमले एलपी ग्यासको मूल्य वृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा एलपी ग्यासको मूल्य बढेको भन्दै निगमले हिजो राति १२ बजेदेखि लागू हुने गरी
एनसेलको बाँकी लाभकर यसै आर्थिक वर्षमा उठ्ने राजश्व सचिवको दावी ।
अर्थ मन्त्रालयका राजश्व सचिव शिशिरकुमार ढुङगानाले सर्वाेच्च अदालतको आदेशपछि दूरसञ्चार सेवा प्रदायक संस्था एनसेलका लागि निर्धारण भएको कर यसै
प्रतिकृया दिनुहोस