प्रहरीमाथि आक्रमण गर्ने चारजना पक्राउ 

प्रहरीमाथि आक्रमण गरेको आरोपमा नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा प्रहरीले चार जनालाई हिजो नियन्त्रणमा लिएको छ । रामग्राम नगरपालिका–१७ देवगावमा राहत वितरणका विषयलाई लिएर स्थानीयवासी र प्रहरीबीच झडप भएको थियो । झडपमा एक प्रहरी सहायक निरीक्षक घाइते भएका थिए । राहतमा विभेद गरेको भन्दै स्थानीयवासीले वडा कार्यालयमा तालाबन्दी गरेपछि ताला खोल्न पुगेका प्रहरीसँग स्थानीयवासीको झडप भएको हो । समूहमा आएका केही व्यक्तिले प्रहरीमाथि आक्रमण गर्दा प्रहरीचौकी गोबरहियामा कार्यरत प्रसनि चामबहादुर ओली घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

अर्घाखाँचीमा आजको अवस्था 

अर्घाखाँचीमा छिमेकी जिल्ला तथा भारतबाट आएकाहरुलाई जिल्लामा रहेका स्थानिय सरकारले १८४ वटा क्वारेन्टाईनमा ४ हजार २८२ जनालाई राखेको छ । हिजो अपरान्ह ३

भारतबाट आउँदा बाटोमै ज्यान गुमाएका अर्घाखाँचीका युवामा कोरोना पोजेटिभ

भारतको गुजरातबाट नेपाल फर्कँदै गर्दा बाटैमा मृत्यु भएका अर्घाखाँचीका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । जेठ १० गते भारतबाट फर्किने क्रममा

अर्घाखाँचीमा दुई जनामा संक्रमण पुष्टि

अर्घाखाँची जिल्लामा पहिलो पटक कोरोना पोजेटिभ केस देखिएको छ । प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो