भारतबाट आउँदा बाटोमै ज्यान गुमाएका अर्घाखाँचीका युवामा कोरोना पोजेटिभ

भारतको गुजरातबाट नेपाल फर्कँदै गर्दा बाटैमा मृत्यु भएका अर्घाखाँचीका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । जेठ १० गते भारतबाट फर्किने क्रममा भूमिकास्थान नगरपालिका वडा नम्बर–९ चरेपानीका ती युवकको भारतकै डुम्रीयागंज भन्ने स्थानमा जेठ १० गते राति बसमै मृत्यु भएको थियो । त्यसपछि उनको कपिलवस्तु ल्याएर पोस्टमाटम गरिएको थियो । त्यहीँबाट स्वाब निकालेर कोरोना परीक्षणका लागि प्रदेश  जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा पठाइएकोमा रिपोर्ट पोजेटिभ आएको हो । प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना पोजेटिभ रहेको पुष्टि भएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सूचना अधिकारी विजय विकले जानकारी दिए । ती युवासँगै आएका अरु  ३ जना भूमिकास्थानको क्वारेन्टाइन बसेका छन् । उनीहरुको पनि पीसीआर परीक्षण गरिने अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले बताउनु भयो । कपिलवस्तुमा पोस्टमाटम  पछि शव अर्घाखाँची लगेर अन्तिम संस्कार गरिएको बताइएको छ ।
 

प्रतिकृया दिनुहोस

अर्घाखाँचीमा आजको अवस्था 

अर्घाखाँचीमा छिमेकी जिल्ला तथा भारतबाट आएकाहरुलाई जिल्लामा रहेका स्थानिय सरकारले १८४ वटा क्वारेन्टाईनमा ४ हजार २८२ जनालाई राखेको छ । हिजो अपरान्ह ३

अर्घाखाँचीमा दुई जनामा संक्रमण पुष्टि

अर्घाखाँची जिल्लामा पहिलो पटक कोरोना पोजेटिभ केस देखिएको छ । प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो

सितापुरमा ७० सैयाको क्वारेन्टाइन स्थापना 

अर्घाखाँचीको शीतगंगा नगरपालिका वडा नंम्वर दुई सितापुरमा ७० बेडको क्वारेन्टाईन स्थापना गरिएको छ । वडास्तरीय सर्वपक्षिय बैठकको निर्णयले छिमेकी