कोरोनाका बिरामीको उपचार गर्दागर्दै डाक्टरले गरिन् आत्महत्या 

अमेरिकामा कोरोना संक्रमित बिरामीहरुको उपचारमा संलग्न डाक्टरले आईतवार आत्महत्या गरेकी छिन् । न्युयोर्कको प्रेस्बिटेरियन एलेन अस्पतालमा आपतकालीन विभागको मेडिकल निर्देशक डाक्टर लोर्ना ब्रेनले आत्महत्या गरेकी हुन् । डाक्टर लोर्नाका बुबा डा.फिलिप ब्रेनले न्युयोर्क टाइम्ससँग आफनी छोरीमा कुनै मानसिक रोग नभएको भएपनि आफनै कामका कारण आत्महत्या गरेको बताएका छन् । फिलिपका अनुसार उनी कोरोना संक्रमित बिरामीहरुको उपचार गर्दागर्दै आफैं संक्रमित भएकीले करिब डेढ हप्ता घरमै बसेर उपचारपछि उनी काममा फर्किएकी भएपनि अस्पतालले उनलाई फेरि घर फिर्ता पठाएइदिएको थियो । फिलिपले छोरीसँग अन्तिमपटक कुरा गर्दा निकै फरक देखिएको दाबी सहित उनले घरमा रहदा कोभिड–१९ बाट मर्ने बिरामीहरुको कसरी मृत्यु हुँदैछ भन्ने कहानी सुनाउने गरेको स्मरण गरेका छन् । डा.फिलिपले उनी फ्रन्ट लाइनमा काम गर्दागर्दै निकै अतालिएको समेत सार्वजनिक गरेका छन् ।
 

प्रतिकृया दिनुहोस

अनलाइन कक्षामा समावेश हुन नपाउँदा छात्राद्वारा आत्महत्या

कोभिड–१९ संकटका कारण नेपाललगायत भारतका विद्यालय तथा शैक्षिक संस्थामा अनलाइन कक्षा सुरु भएको छ । यस्तै अनलाइन कक्षामा समावेश हुन नपाएका कारण भारतको

अमेरिकी राष्ट्रपतिद्धारा चर्चहरु खोल्न निर्देशन 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बन्द रहेका चर्चहरु पुनः खुल्ला गर्न निर्देशन दिएका छन् । यस सम्वन्धी अन्य आदेशहरु समेत खारेज हुने र यही आदेशलाई

भारतमा कोरोना संक्रमितको सख्या बढदो 

आइतबारसम्म कोरोना संक्रमित संख्या ४२ हजार ५ सय ५ रहेको भारतमा बुधवार ५२ हजार ९ सय ८७ पुगेको छ । यसअघि भारतमा कोरोनाको पहिलो संक्रमण भेटिएपछि १० हजारमा