अमेरिकी राष्ट्रपतिद्धारा चर्चहरु खोल्न निर्देशन 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बन्द रहेका चर्चहरु पुनः खुल्ला गर्न निर्देशन दिएका छन् । यस सम्वन्धी अन्य आदेशहरु समेत खारेज हुने र यही आदेशलाई मान्न स्पष्ट पार्दै उनले चर्च तथा प्रार्थनास्थलहरु खुल्ला गर्न निर्देशन दिएका हुन् । चर्चहरुलाई उनले अत्यावश्यक कार्यालय अन्तर्गत मानिने उल्लेख पनि गरेका छन् । यो आदेश देशभरीका सवै स्थानीय सरकारहरुलाई कार्यान्वयन गराउन पनि उनले सूचित गरेका छन् । राष्ट्रपति ट्रम्पले जबर्जस्त मुलुकलाई खुल्ला गर्न खोजेको टिप्पणी धेरैले गरेका छन् । उनले लकडाउन लगाउनका लागि अमेरिका बनेको हैन भन्दै लकडाउन लगाउन अस्वीकार गर्दै आएका छन् । तैपनि आफै बन्द भएका वा स्थानीय प्रशासनले बन्द गराएका व्यापार, व्यवसाय, कार्यालय आदि विस्तारै खोल्नेतर्फ उनले प्रेरित गर्दै आएका छन् ।
 

प्रतिकृया दिनुहोस

अनलाइन कक्षामा समावेश हुन नपाउँदा छात्राद्वारा आत्महत्या

कोभिड–१९ संकटका कारण नेपाललगायत भारतका विद्यालय तथा शैक्षिक संस्थामा अनलाइन कक्षा सुरु भएको छ । यस्तै अनलाइन कक्षामा समावेश हुन नपाएका कारण भारतको

भारतमा कोरोना संक्रमितको सख्या बढदो 

आइतबारसम्म कोरोना संक्रमित संख्या ४२ हजार ५ सय ५ रहेको भारतमा बुधवार ५२ हजार ९ सय ८७ पुगेको छ । यसअघि भारतमा कोरोनाको पहिलो संक्रमण भेटिएपछि १० हजारमा

  कोरोनाका बिरामीको उपचार गर्दागर्दै डाक्टरले गरिन् आत्महत्या 

अमेरिकामा कोरोना संक्रमित बिरामीहरुको उपचारमा संलग्न डाक्टरले आईतवार आत्महत्या गरेकी छिन् । न्युयोर्कको प्रेस्बिटेरियन एलेन अस्पतालमा आपतकालीन