भारतमा कोरोना संक्रमितको सख्या बढदो 

आइतबारसम्म कोरोना संक्रमित संख्या ४२ हजार ५ सय ५ रहेको भारतमा बुधवार ५२ हजार ९ सय ८७ पुगेको छ । यसअघि भारतमा कोरोनाको पहिलो संक्रमण भेटिएपछि १० हजारमा संक्रमण फैलन ७५ दिन लागेको थियो । त्यस्तै, कोरोना भित्रिएको सुरुवाती ६२ दिनमा केवल ५० जनाको ज्यान गएको थियो । तर, बुधबार एकै दिन ९२ जनाको मृत्यु भएको छ र अहिलेसम्म कुल १७ सय ८५ जनाले ज्यान गुमाइसकेका छन् । त्यस्तै, १५ हजार ३ सय ३१ जना निको भएका छन् । भारतमा ३० जनवरीमा केरलामा पहिलोपटक कोरोना संक्रमण भेटिएको थियो । १३ अप्रिल अर्थात् ७५ दिनपछि मात्रै संक्रमितको संख्या १० हजार पुगेको थियो । यसपछिको ८ दिन अर्थात् २१ अप्रिलसम्म थप १० हजार बिरामी बढेर संख्या २० हजारमा पुग्यो । अर्को ७ दिन अर्थात् २८ अप्रिलसम्म संक्रमित संख्या ३० हजार नाघ्यो । त्यस्तै, ३० हजारबाट ४० हजारमा पुग्न केवल ५ दिन लागेको थियो । भारत सर्वा्धिक धेरै कोरोना संक्रमण महाराष्ट्र राज्यमा फैलिएको छ । त्यहाँ, १५ हजार ५ सय २५ जनामा संक्रमण भेटिएको छ । भारत सरकारले लकडाउनका कारण संक्रमण फैलने क्रम धेरै हदसम्म रोकिएको दाबी गरेको छ । २४ मार्चसम्म संक्रमितको संख्या ५ सय ७१ थियो भने २५ मार्चदेखि भारतमा लकडाउन लागु भयो । यसबीच ४९ हजार ४ सय २३ जनामा कोरोना फैलिएको पुष्टि भएको छ । विज्ञहरुले समयमै सतर्कताका उपाय अवलम्बन नगरे भारतमा दशौँ लाखमा कोरोना फैलनसक्ने चेतावनी दिएका थिए ।
 

प्रतिकृया दिनुहोस

अनलाइन कक्षामा समावेश हुन नपाउँदा छात्राद्वारा आत्महत्या

कोभिड–१९ संकटका कारण नेपाललगायत भारतका विद्यालय तथा शैक्षिक संस्थामा अनलाइन कक्षा सुरु भएको छ । यस्तै अनलाइन कक्षामा समावेश हुन नपाएका कारण भारतको

अमेरिकी राष्ट्रपतिद्धारा चर्चहरु खोल्न निर्देशन 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बन्द रहेका चर्चहरु पुनः खुल्ला गर्न निर्देशन दिएका छन् । यस सम्वन्धी अन्य आदेशहरु समेत खारेज हुने र यही आदेशलाई

  कोरोनाका बिरामीको उपचार गर्दागर्दै डाक्टरले गरिन् आत्महत्या 

अमेरिकामा कोरोना संक्रमित बिरामीहरुको उपचारमा संलग्न डाक्टरले आईतवार आत्महत्या गरेकी छिन् । न्युयोर्कको प्रेस्बिटेरियन एलेन अस्पतालमा आपतकालीन