बागलुङ प्रहरीका नाममा आत्महत्या दुरुत्साहन मुद्दा 

सलको पासो लगाएर मङ्गलबार आत्महत्या गर्नुभएकी बागलुङ नगरपालिका–३ निवासी ३० वर्षीया सम्झना किसानका परिवारले प्रहरीकै नाममा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गराएका छन् । बागलुङ नगरपालिका–२ माझकोटमा डेरा गरी बस्दै आउनु भएकी सम्झनाले प्रहरीकै नाममा ‘सुसाइड नोट’ लेखेर आत्महत्या गर्नुभएको थियो । हिजो धौलागिरि अञ्चल अस्पताल बागलुङमा किसानको शव पोस्टमार्टम गरिए पनि वहाँका  आफन्तले शव बुझेका छैनन् । प्रहरीले मुचुल्का सङ्कलन गरेर फर्किएपछि स्थानीय महिलाहरूले कोठाको खोजतलासी गर्दा जिल्ला प्रहरी कार्यालय बागलुङको नाममा सम्बोधन गरिएको सुसाइड नोट फेला परेको भन्दै वहाँका  आफन्तले आत्महत्या गर्न बाध्य बनाउनेलाई कारबाही गर्न माग गर्दै हिजो जिल्ला प्रहरी कार्यालयमा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता भएको छ । मृतकको नामबाट लेखिएको सुसाइड नोटमा २०७५ भदौ ५ गतेदेखि जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान राकेश दवाडीसँग आफू प्रेम सम्बन्धमा रहेको र उसको गर्भ रहेपछि जानकारी गराउँदा बेवास्ता गरेकाले आत्महत्या गर्नुपरेको उल्लेख गरिएको छ । गैरदलित युवासँग विवाह गरेकी उहाँले आरोपित दवाडीकै कारणले श्रीमान्सँग सम्बन्धविच्छेद भएको सुसाइड नोटमा उल्लेख गर्नुुभएको थियो । सुसाइट नोटमा श्रीमान्सँग पनि सम्बन्धविच्छेद गरेको र प्रहरी जावनले पनि गर्भ स्वीकार गर्न नमानेपछि यता न उताको भएर आत्महत्याको बाटो रोज्नुपरेको उल्लेख गरिएकोे छ ।
 

प्रतिकृया दिनुहोस

अर्घाखाँचीमा आजको अवस्था 

अर्घाखाँचीमा छिमेकी जिल्ला तथा भारतबाट आएकाहरुलाई जिल्लामा रहेका स्थानिय सरकारले १८४ वटा क्वारेन्टाईनमा ४ हजार २८२ जनालाई राखेको छ । हिजो अपरान्ह ३

भारतबाट आउँदा बाटोमै ज्यान गुमाएका अर्घाखाँचीका युवामा कोरोना पोजेटिभ

भारतको गुजरातबाट नेपाल फर्कँदै गर्दा बाटैमा मृत्यु भएका अर्घाखाँचीका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । जेठ १० गते भारतबाट फर्किने क्रममा

अर्घाखाँचीमा दुई जनामा संक्रमण पुष्टि

अर्घाखाँची जिल्लामा पहिलो पटक कोरोना पोजेटिभ केस देखिएको छ । प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो