उद्धारका लागि अपिल

रोजगारीका लागि अर्घाखाँचीको सितगङगा नगरपालिका वडा नंम्वर १२ बाट भारत पुगेका केही युवाहरु कोरोना भाइरस का कारण रोजगारी गुमाएर अलपत्र अवस्थामा रहेको जानकारी मिलेको छ । कोरोना भाईरसका कारण जारी लकडाउनका कारण रेशम राज बन्जाडे, लक्ष्मण गैरे, नारायण पुलामी, सन्दिप गैरे, देब बहादुर घर्ती, प्रेम सोमै, प्रेम सारु, बिसाल शिरीष, सागर पौडेल, भिम घम, बिष्णु बेल्बासे, नारायण पेग्नी,  गङाधर बन्जाडे, शुक्र विक, कृष्ण बिक,  राम सारु, धन बहादुर दर्लामी, अर्जुन अधिकारी, नारायण अधिकारी, ऋषि पौडेल, दिलिप बेल्बासे, बसुदेब अर्याल, पदम पौडेल, असोक पन्थि, केसब पन्थी, वीर बहादुर बिक, राम बहादुर बिक, रामु थापा लगाएत ६० जना अलपत्र अवस्थामा रहेको रेशमराज बन्जाडेले सामाजिक सन्जाल मार्फ्त जानकारी गराउनु भएको छ । यतिवेला सम्म जसो तसो गुजारा चलाएको भएपनि अवका दिनमा जिविकोपार्जन गर्न असम्भमव देखिएकोले आफनो घरसम्म आउने वातावरण भईदीए नेपाल सरकारको नियमअनुसार लकडाउनको पालना र क्वारेन्टाईनमा बस्न तयार रहेको भन्दै सहयोगका लागि भारतको पन्जावबाट अपिल गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस

अर्घाखाँचीमा आजको अवस्था 

अर्घाखाँचीमा छिमेकी जिल्ला तथा भारतबाट आएकाहरुलाई जिल्लामा रहेका स्थानिय सरकारले १८४ वटा क्वारेन्टाईनमा ४ हजार २८२ जनालाई राखेको छ । हिजो अपरान्ह ३

भारतबाट आउँदा बाटोमै ज्यान गुमाएका अर्घाखाँचीका युवामा कोरोना पोजेटिभ

भारतको गुजरातबाट नेपाल फर्कँदै गर्दा बाटैमा मृत्यु भएका अर्घाखाँचीका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । जेठ १० गते भारतबाट फर्किने क्रममा

अर्घाखाँचीमा दुई जनामा संक्रमण पुष्टि

अर्घाखाँची जिल्लामा पहिलो पटक कोरोना पोजेटिभ केस देखिएको छ । प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो