धान बोकेर आएको ट्रकबाट १७ लाख ९० हजार रुपैयाँ बरामद

भारतबाट धान बोकेर आएको ट्रकलाई सर्लाही भन्सार चेकपोष्ट मलङ्गवामा जाँच गर्ने क्रममा रु १७ लाख ९० हजार नेपाली बरामद भएको छ । भारतबाट नेपाल प्रवेश गरेको भारतीय ट्रकमा सशस्त्र प्रहरी बल नेपाल जिल्ला सुरक्षा वेस मलङ्गवाको टोलीले बुधवार सर्लाही भन्सार चेकपोष्टमा जाँच गर्नेक्रममा उक्त रकम बरामद गरेको हो । भारतको विहार राज्यको सीतामढी जिल्लाको मुजेलियाबाट धान बोकेर नेपाल भित्रियाउन लागिएको बिआर ३० जिए २४५८ नम्बरको भारतीय ट्रकबाट रु १७ लाख ९० हजार नेपाली बरामद भएको सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक गङ्गाराम श्रेष्ठले जानकारी दिनुभयो ।     ट्रकका चालक रामललित मण्डल र सहचालक नीरज कुमारलाई नियन्त्रणमा लिएको र दुवै जना भारतीय नागरिक रहेको सशस्त्र प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।
 

प्रतिकृया दिनुहोस

अर्घाखाँचीमा आजको अवस्था 

अर्घाखाँचीमा छिमेकी जिल्ला तथा भारतबाट आएकाहरुलाई जिल्लामा रहेका स्थानिय सरकारले १८४ वटा क्वारेन्टाईनमा ४ हजार २८२ जनालाई राखेको छ । हिजो अपरान्ह ३

भारतबाट आउँदा बाटोमै ज्यान गुमाएका अर्घाखाँचीका युवामा कोरोना पोजेटिभ

भारतको गुजरातबाट नेपाल फर्कँदै गर्दा बाटैमा मृत्यु भएका अर्घाखाँचीका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । जेठ १० गते भारतबाट फर्किने क्रममा

अर्घाखाँचीमा दुई जनामा संक्रमण पुष्टि

अर्घाखाँची जिल्लामा पहिलो पटक कोरोना पोजेटिभ केस देखिएको छ । प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो