सितापुरमा ७० सैयाको क्वारेन्टाइन स्थापना 

अर्घाखाँचीको शीतगंगा नगरपालिका वडा नंम्वर दुई सितापुरमा ७० बेडको क्वारेन्टाईन स्थापना गरिएको छ । वडास्तरीय सर्वपक्षिय बैठकको निर्णयले छिमेकी जिल्ला कपिलवस्तु र रुपन्देहीमा कोरोना भाइरसको संक्रमण बढीरहदा आफुहरु समेत उच्च जोखिममा रहेको भन्दै आज सरस्वती माध्यमिक बिद्यालय सितापुरमा ७० शैयाको क्वारेन्टिन निर्माण गरिएको र आवस्यक्ता अनुसार यसलाई बढाएर लैजाने वडाअध्यक्ष गोबर्धन थापाले बताउनु भएको छ । छिमेकी मुलुक भारत लगायतका स्थानहरुवाट आउनेहरु अनिबार्य रुपमा १४ दीन क्वारेन्टाईनमा बस्नु पर्ने र यसको अलवा आफुखुशी सिधै घरमा गए आफनै खर्चमा सम्पूर्ण परिवारका सदस्यहरु क्वारेन्टाईनमा बस्नु पर्ने भन्दै केही कुरा सोध्न र बुज्न परेमा वडाअध्यक्षको मोवाईल नम्वर ९८५७०६९४०२ सबैका लागि सार्वजनिक गरिएको सहकर्मी जनक केशीले बताउनु भएको छ ।

प्रतिकृया दिनुहोस

अर्घाखाँचीमा आजको अवस्था 

अर्घाखाँचीमा छिमेकी जिल्ला तथा भारतबाट आएकाहरुलाई जिल्लामा रहेका स्थानिय सरकारले १८४ वटा क्वारेन्टाईनमा ४ हजार २८२ जनालाई राखेको छ । हिजो अपरान्ह ३

भारतबाट आउँदा बाटोमै ज्यान गुमाएका अर्घाखाँचीका युवामा कोरोना पोजेटिभ

भारतको गुजरातबाट नेपाल फर्कँदै गर्दा बाटैमा मृत्यु भएका अर्घाखाँचीका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । जेठ १० गते भारतबाट फर्किने क्रममा

अर्घाखाँचीमा दुई जनामा संक्रमण पुष्टि

अर्घाखाँची जिल्लामा पहिलो पटक कोरोना पोजेटिभ केस देखिएको छ । प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो