मानहुँकोटलाई पर्यटकीय गन्तव्य बनाउनुपर्नेमा पूर्वराष्ट्रपतिको जोड ।

  पूर्वराष्ट्रपति डा रामवरण यादवले तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको छ । हिजो मानहुँकोटको अवलोकन भ्रमण गर्दै पूर्वराष्ट्रपति यादवले मानहुँकोटको ऐतिहासिक महत्व रहेकाले त्यसको प्रवद्र्धनमा जुट्नुपर्ने बताउनुभयो । मगर समुदायको बाक्लो बस्ती रहेको मानहँुकोटमा पर्यटकीय पूर्वाधार निर्माण गर्नसके स्वदेशी तथा विदेशी पर्यटक आकर्षित गर्न सकिने तर्क गर्दै पूर्वराष्ट्रपति यादवले भन्नुभयो, “मानहुँकोटको भविष्य सुन्दर छ, यसको प्रवद्र्धनमा स्थानीय सरकार थप सक्रिय भएर लाग्नुपर्छ ।” धर्म, संस्कृतिको संरक्षण र पर्यटकीयस्थलको प्रचारप्रसारले मात्रै नेपाल भ्रमण वर्ष २०२० सफल हुने भएकाले यसतर्फ ध्यान दिनुपर्नेमा पूर्व राष्ट्रपति यादवले सुझाव दिनुभयो । पछाडि परेका समुदायलाई मूलधारमा ल्याउनुपर्नेमा जोड दिँदै पूर्वराष्ट्रपति यादवले सामूहिक भावनाले मात्रै राष्ट्र बलियो हुने चर्चा गर्नुभयो । सबै जातजातिबीच आपसी समझदारी र सामूहिक भावनाले राष्ट्रियता थप मजबुद हुने पूर्वराष्ट्रपति यादवको भनाइ थियो ।
 

प्रतिकृया दिनुहोस

रामग्रामको गुरुयोजना निर्माणका लागि जग्गा अधिग्रहणको प्रक्रिया शुरु      

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–७ स्थित भगवान् गौतम बुद्धको अस्तुधातु रहेको

सस्तोमा कुखुरा आयात बढेपछि नेपाली कृषक र व्यवसायी मर्कामा

भारतबाट अवैधरूपमा भइरहेको कुखुराको ओसारपसार कार्य रोक्न पश्चिम नवलपरासीका कुखुरा व्यवसायीले माग गरेका छन् । पछिल्लो समय महामारीको रूपमा फैलिएको

बुद्धमङ्गल ताल ओझेलमा

पश्चिम नवलपरासीको  बर्दघाट नगरपालिका–१२ जहदास्थित ऐतिहासिक र पुरातात्विक महत्व बोकेका बुद्धमङ्गल ताल अहिले संरक्षण तथा प्रचारप्रसारको अभावमा