बुद्धमङ्गल ताल ओझेलमा

पश्चिम नवलपरासीको  बर्दघाट नगरपालिका–१२ जहदास्थित ऐतिहासिक र पुरातात्विक महत्व बोकेका बुद्धमङ्गल ताल अहिले संरक्षण तथा प्रचारप्रसारको अभावमा ओझेल परेको छ । बुद्धसँग सम्बन्धित ताल जसका विभिन्न विशेषता छन् । बुद्धले त्रिवेणीधाम र लुम्बिनी आवतजावत गर्ने क्रममा बाटोमा पर्ने यस तालको पानी खाएर र एक रात बिताएर मात्र आउने जाने गर्ने गरेको धार्मिक कथन रहेको पाइन्छ । करिब १० देखि १२ बिघा क्षेत्रफलमा फैलिएको ताल वर्षांैदेखि अतिक्रमणको चपेटामा परेर अहिले सात बिघाहा चार कठ्ठा क्षेत्रफलमा सीमित भएको छ । ताल संरक्षण तथा व्यवस्थापनको अभावमा ओझेलमा पर्दै गएपछि पछिल्लो पटक नगरपालिकाले प्रदेश सरकारसँगको सहकार्यमा तालको संरक्षण गर्ने कार्यमा लागेको छ ।  तालको संरक्षणको जिम्मा नगरपालिकाले लिएपछि प्रदेश सरकार र नगरपालिकाको संयुक्त लगानीमा तालको व्यवस्थापन गर्ने काम भएको नगर प्रमुख धीरज शर्मा बस्यालले बताउनुभयो । शान्तिका अग्रदूत भनेर संसारले मान्दै आएका गौतमबुद्धसँग सम्बन्धित यस तालका बारेमा कतिपयलाई जानकारीसमेत छैन । जानकारी भएकाले पनि संरक्षका लागि प्रभावकारी रुपमा आवाज उठाएको पाइदैन । यस तालको प्रचारप्रसार गर्ने तर्फ प्राथमिकताका साथ ध्यान पुग्न नसक्दा ताल संरक्षणको अभावमा ओझेलमा परेको छ । यस तालको विशेषतामध्ये ताल सुख्खा मौसममा पनि पानी हुने गर्दछ  । धार्मिक दृष्टिकोणले महत्वपूर्ण मानिने तालको व्यवस्थापनका साथै थप भौतिक पूर्वाधारको व्यवस्थापन गर्न सके स्थानीय पर्यटकसहित देशविदेशका पर्यटकलाई भित्र्याउने वातावरणको सिर्जना हुने बताइएको छ । ऐतिहासिक तालमा पर्यटक भित्र्याउने बाटो, भोजनालय, बासस्थान, पार्किंङ खानेपानीलगायतको पूर्वाधारको विकास गर्न आवश्यक रहेको स्थानीय  दीपक बरालले बताउनुभयो । यस ताललाई विसं २०५० मा बुद्धमङ्गल ताल भनेर नामाकरण गरिएको बताइन्छ । धार्मिक मात्र नभइ पर्यटकीय दृष्टिकोणलेसमेत महत्पूर्ण रहेको सो ताल पूजाआजा, विवाह तथा अवलोकनका हिसाबले पनि महत्पूर्ण छ । तालको वरपर विभिन्न प्रजातिका चराचुरुङ्गी पाइने गरेका छन् ।

सबै छोटी भन्सार कार्यालयको भौतिक संरचना जीर्ण  

पश्चिम नवलपरासीका सबै छोटी भन्सार कार्यालयको  भौतिक संरचना थप जीर्ण बन्दै गएका छन् । महेशपुर मुलभन्सार कार्यालय मातहत रहेका  विष्णुपुरा, गुठीप्रसौनी,  भुजहवा र त्रिवेणी छोटी भन्सार कार्यालयको भौतिक संरचना पूर्ण रुपमा जीर्ण बनेका हुन् । यी कार्यालयको समय समयमा मर्मत सम्भार हुन नसक्दा कार्यालय जीर्ण बनेका छन् । आवश्यक बजेटको अभावमा ती छोटी भन्सार कार्यालयको भौतिक संरचना प्राप्त रुपमा नभएको महेशपुर मुलभन्सार कार्यालयले जनाएको छ । विष्णुपुरा, महेशपुर, भुजहवा नाका भारतको उत्तर प्रदेशसँग जोडिएका नाका हुन्  ।  पूर्वी नवलपरासीको त्रिवेणी नाका भारत विहार प्रदेशसँग जोडिएको छ  ।
 

प्रतिकृया दिनुहोस

रामग्रामको गुरुयोजना निर्माणका लागि जग्गा अधिग्रहणको प्रक्रिया शुरु      

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–७ स्थित भगवान् गौतम बुद्धको अस्तुधातु रहेको

सस्तोमा कुखुरा आयात बढेपछि नेपाली कृषक र व्यवसायी मर्कामा

भारतबाट अवैधरूपमा भइरहेको कुखुराको ओसारपसार कार्य रोक्न पश्चिम नवलपरासीका कुखुरा व्यवसायीले माग गरेका छन् । पछिल्लो समय महामारीको रूपमा फैलिएको

 आठ पर्यटकको मृत्यु हुनुमा दुवै पक्षको कमजोरी भएको छानबिन समितिको ठहर 

मकवानपुरको दामनस्थित एभरेष्ट पानोरमा रिसोर्टमा ८ जना भारतीय पर्यटकको मृत्यु हुनुमा होटल व्यवस्थापन र पाहुना दुबैको कमजोरी भेटिएको छ । ७ माघमा