रामग्रामको गुरुयोजना निर्माणका लागि जग्गा अधिग्रहणको प्रक्रिया शुरु      

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–७ स्थित भगवान् गौतम बुद्धको अस्तुधातु रहेको स्थल रामग्राम स्तूपको हिजो अवलोकन भ्रमण गर्नुभएको छ । सो अवसरमा उहाँले स्तूपको महत्व, इतिहास तथा त्यस क्षेत्रको विकासका लागि भइरहेको पहलका विषयमा जानकारी लिनुभयो । सङ्घीय सांसदसहितको सने टोलीलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश त्रिपाठीले स्तूप क्षेत्रको महत्व र विकासका पहलबारे जानकारी गराउँदै रामग्रामको गुरुयोजना बनिसकेको र अब जग्गा अधिग्रहणको प्रक्रिया शुरु गर्न लागेको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “यहाँको स्तूप क्षेत्रको चैत्यको मौलिक स्वरुपलाई जोगाउँदै यसको पाँच सय मिटर वरपरसम्म अधिग्रहण गर्ने योजना छ, गुरुयोजनाअनुसार ११४ बिघा जग्गा आवश्यक पर्छ, हाल १४ बिघा क्षेत्रफल रहेकाले करीब १०० बिघा क्षेत्रफल जग्गा  खरिद गर्नुपर्ने अवस्था छ ।” तत्काल जग्गा अधिग्रहणका लागि रु एक अर्ब ६० करोड बजेट आवश्यक पर्ने बताउँदै उहाँले ढिलासुस्ती भएमा यसको लागत बढ्न सक्नेतर्फ ध्यानाकर्षण गराउनुभयो । विश्व सम्पदा सूचीमा समावेशको प्रक्रियामा रहेको उक्त क्षेत्रमा जग्गा अधिग्रहणपछि विहार तथा ध्यानका लागि आवश्यक संरचनाहरु निर्माण गरिने उपाध्यक्ष मैत्यले बताउनुभयो । गुरुयोजनाअनुसार त्यहाँ संरचना बनाउन छ अर्ब बजेट आवश्यक पर्ने भएकाले पहल गरिदिन पनि उहाँले पूर्वप्रधानमन्त्री नेपाललाई आग्रह गर्नुभएको थियो । जग्गा अधिग्रहण गरी संरचना बन्न शुरु भएमा विदेश तथा निजी क्षेत्रबाट लगानी बढ्दै जाने उहाँले उल्लेख गर्नुभयो । हाल त्यहाँ कोरिया, थाइल्यान्ड लगायतले लगानी गरिरहेका छन् ।
 

प्रतिकृया दिनुहोस

सस्तोमा कुखुरा आयात बढेपछि नेपाली कृषक र व्यवसायी मर्कामा

भारतबाट अवैधरूपमा भइरहेको कुखुराको ओसारपसार कार्य रोक्न पश्चिम नवलपरासीका कुखुरा व्यवसायीले माग गरेका छन् । पछिल्लो समय महामारीको रूपमा फैलिएको

बुद्धमङ्गल ताल ओझेलमा

पश्चिम नवलपरासीको  बर्दघाट नगरपालिका–१२ जहदास्थित ऐतिहासिक र पुरातात्विक महत्व बोकेका बुद्धमङ्गल ताल अहिले संरक्षण तथा प्रचारप्रसारको अभावमा

 आठ पर्यटकको मृत्यु हुनुमा दुवै पक्षको कमजोरी भएको छानबिन समितिको ठहर 

मकवानपुरको दामनस्थित एभरेष्ट पानोरमा रिसोर्टमा ८ जना भारतीय पर्यटकको मृत्यु हुनुमा होटल व्यवस्थापन र पाहुना दुबैको कमजोरी भेटिएको छ । ७ माघमा