छत्रदेवमा माटो परिक्षण शिबिर सम्पन्न ।

गाउँपालिका स्तरिय पशु स्वास्थ तथा बझोपन र माटो परिक्षण शिबिर छत्रदेवको ठुलापोखरामा सम्पन्न भएको छ । शिबिरको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेलले मुलुकको आर्थिक समृद्धि कृषि र पशु पालनबाट मात्र सम्भब हुने भएकोले कृषि र पशु पालनलाई आफुहरुले उच्च प्राथमिकतामा राखेको बताउनु भएको छ । दुध ,अन्डा र मासुमा आत्मनिर्भर बन्नका लागि आधुनिक तरिकाबाट व्यावसायिक पशु पालन गर्नुपर्ने र स्वस्थ उत्पादनमा विशेष ध्यान दिनुपर्ने अध्यक्ष पोख्रेलको भनाई रहेको थियो । यसैगरी भेटेनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र कपिलवस्तु अर्घाखाँचीका कार्यलय प्रमुख श्रवणकुमार चौधरीले पशु बिकासका लागि पशुको स्वास्थ्य  महत्वपूर्ण रहेकोले स्वस्थकर पशु उत्पादनका लागि पशु स्वास्थ्यमा हेल्चेक्राइ नगर्न सम्बद्ध पक्षलाई आग्रह गर्नुभएको थियो । भेटेनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र कपिलवस्तु सम्पर्क केन्द्र अर्घाखाँची र छत्रदेब गाउँपालिकाको संयुक्त आयोजनामा संचालित शिबिरमा करिब दुई सय घरधुरी लाभान्वित हुनुका साथै विभिन्न चौपाया गरि करिब एघार सय जति जनाबरको लागि औसधि बितरण र उपचार समेत गरिएको छ । आयोजित कार्यक्रम सम्पर्क केन्द्रका प्रमुख योगेन्द्र प्रसाद मरासिनीको संचालन र पशु चिकित्सक बिष्णुप्रसाद पौडेलको सन्चलनमा सम्पन्न भएको सहकर्मी राधा नेपालीले बताउनु भएको छ ।

प्रतिकृया दिनुहोस

रामग्रामको गुरुयोजना निर्माणका लागि जग्गा अधिग्रहणको प्रक्रिया शुरु      

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–७ स्थित भगवान् गौतम बुद्धको अस्तुधातु रहेको

सस्तोमा कुखुरा आयात बढेपछि नेपाली कृषक र व्यवसायी मर्कामा

भारतबाट अवैधरूपमा भइरहेको कुखुराको ओसारपसार कार्य रोक्न पश्चिम नवलपरासीका कुखुरा व्यवसायीले माग गरेका छन् । पछिल्लो समय महामारीको रूपमा फैलिएको

बुद्धमङ्गल ताल ओझेलमा

पश्चिम नवलपरासीको  बर्दघाट नगरपालिका–१२ जहदास्थित ऐतिहासिक र पुरातात्विक महत्व बोकेका बुद्धमङ्गल ताल अहिले संरक्षण तथा प्रचारप्रसारको अभावमा