आठ पर्यटकको मृत्यु हुनुमा दुवै पक्षको कमजोरी भएको छानबिन समितिको ठहर
![](https://suryodayafm.com.np/uploads/news/images/1702966058images.jpeg)
मकवानपुरको दामनस्थित एभरेष्ट पानोरमा रिसोर्टमा ८ जना भारतीय पर्यटकको मृत्यु हुनुमा होटल व्यवस्थापन र पाहुना दुबैको कमजोरी भेटिएको छ । ७ माघमा होटलको कोठामा झ्यालढोका लगाएर हिटर बाल्दा निसास्सिएर ८ जनाको मृत्यु भएको थियो । घटनाबारे छानबिन गर्न बनेको समितिले आज मंगलबार सरकारलाई बुझाउने गरी प्रतिवेदन तयार पारेको छ । प्रतिवेदनमा ‘रिसोर्टमा तल्लो तहका कर्मचारीले पाहुनाको दबाव झेल्न नसक्दा’ दुर्घटना भएको भनिएको छ । ६ माघमा रामकुमार युकेको नाममा इमेलमार्फत रिसोर्टका ४ वटा कोठा बुक गरेर १५ जना पाहुना पुगेका थिए । लगातारको हिमपातले अत्याधिक चिसो भएको दामनमा त्यो दिन रातको ९ः३० बजेतिर पाहुनाहरु रिसोर्ट पुगेका थिए । रिसोर्टले पाहुना चेकइनका साथै खाना खाने, मदिरा पिउने तथा सुत्ने समयबारे वास्ता गरेन । रिसोर्टले राति ११ बजे खाना खुवायो भने १ बजेसम्म मदिरा सेवन गर्न दिएको छानबिन समितिको अध्ययनका क्रममा पाइएको छ । छानबिन समितिकाअनुसार रिसोर्टले पाहुनालाई उक्त भेगमा हुने चिसोको मात्राबारे जानकारी नै गराएको थिएन । रिसोर्टमा पार्किङबाट लबीसम्म पुग्न केही समय हिँड्नुपर्छ । जंगलको बाटो करीव १० र १५ मिनेट हिँडेपछि मात्र लबीमा पुग्न सकिन्छ । अत्याधिक चिसोमा हिडदै जानुपर्दा पाहुनाले असहज महसुस गरेको र बालिकालिका सहित आएका उनीहरुसँग दामनको चिसो थेग्नसक्ने न्यानो लुगाको व्यवस्था नभएको छानबिन समितिले पाएको छ । त्यो दिन रातको १२ बजे रिसोर्टका महाप्रवन्धक शिवजी केसी र रिसेप्सनिष्ट राजकुमार बास्ताकोटी सुत्न गएका र तीन जुनियर कर्मचारीमात्र रिसोर्टमा रहेका थिए । त्यतिन्जेल भारतीय पर्यटकमध्ये दुई परिवारका ६ जना सानो विद्युतीय हिटर लिएर सुत्न गइसकेका थिए । अर्को दुई परिवारका ८ जनामध्ये एक बालकलाई कोठामा सुताएर अरु भने रेष्टुरेन्टमा ६ फिट अग्लो हिटर तापेर मदिरा सेवन गर्दै बसेका थिए । राति १ बजेपछि अत्याधिक चिसो भएको भन्दै कोठामा जाने भए, तर कोठामा चिसो हुने भन्दै त्यही ठूलो ग्यास हिटर लैजाने प्रस्ताव गरे । रिसोर्टका जुनियर कर्मचारीले कोठामा ग्यास हिटर बालेर सुत्दा खतरा हुनसक्ने भन्दै लैजान रोकेका थिए । तर पाहुनाले ‘बच्चालाई चिसोले असर गरेमा तिमीलाई गाह्रो पर्नेछ’ भन्दै धम्क्याएपछि उनीहरुले मौन स्वीकृति दिएको पाइएको छ । कर्मचारीले हिटर कोठामा लैजान सहयोग गरी झ्याल खुला राख्न अनुरोध गर्दै रातको साढे २ बजे कोठाबाट फर्किएको छानबिन समितिको अध्ययनले देखाएको छ । तर झ्याल ढोका बन्द गरेर सुत्दा भारतको केरलाबाट आएका उनीहरुमध्ये प्रवीणकृष्ण नारायण, शारणय शशी, रञ्जितकुमार एपी, इन्द्रलक्ष्मी, श्री भद्र, आर्चा प्रविण, अभिन शौरणय नायर र बैष्ण रञ्जितको ज्यान गएको थियो । रिसोर्टका कर्मचारीले पटकपटक गरेको आग्रह नमान्नु, एउटै कोठामा क्षमताभन्दा बढी सुत्नु पनि दुर्घटनाको कारण मानिएको छ । रिसोर्टका कोठाहरुमा विद्यूतीय यन्त्र जडान भएको तर त्यसको तातोमा पाहुना सन्तुष्ट नभएको प्रतिवेदनमा उल्लेख छ । उनीहरु सुतेको कोठामा वातावरण अनुकूल बनाउने विद्युतीय यन्त्र जडान भए पनि पर्याप्त मात्रामा विद्यूत आपूर्ति हुन नसक्दा यन्त्रले राम्रोसँग काम नगरेको छानबिन समितिले भेटाएको छ । दामनको स्तरीय रिसोर्ट मध्ये पानोरमा रिसोर्ट पनि एक भएपनि भूकम्पपछि उक्त रिसोर्ट राम्रोसँग चल्न सकेको थिएन । रिसोर्टका सञ्चालकले ५ वर्षका लागि भाडामा दिएपछि युवा व्यवसायी सुदेश गौतमले सो रिसोर्टलाई चलाउनु भएको छ । छानबिन समितिले रिसोटका पूर्वाधार र उपकरण पुराना भइसकेको तथा नियमित मर्मत नगरिएको पाइएको बताएको छ । साथै दक्ष जनशक्ति र अनुभवी कर्मचारी अभाव भएको तथा पाहुनालाई सम्हाल्न सक्ने कर्मचारी भएको भए दुर्घटना टर्नसक्ने सम्भावना समितिले देखाएको छ । समितिले होटेल–रिसोर्टले मापण्दड पूरा गरे–नगरेको सम्बन्धमा नियमित अनुगमन गर्न सुझाव दिएको छ । होटेल र रिसोर्टले पाहुनालाई मौसमअनुसार आवश्यक सर–सामान बोक्नु पर्नेबारे अग्रिम जानकारी गराउनुपर्ने व्यवस्था समेत गर्न समितिले सुझाव दिएको छ ।
![](https://suryodayafm.com.np/uploads/news/images/thumb266/1846443032ramgram-stup-3.jpeg)
रामग्रामको गुरुयोजना निर्माणका लागि जग्गा अधिग्रहणको प्रक्रिया शुरु
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–७ स्थित भगवान् गौतम बुद्धको अस्तुधातु रहेको
![](https://suryodayafm.com.np/uploads/news/images/thumb266/21897614chicken.jpeg)
सस्तोमा कुखुरा आयात बढेपछि नेपाली कृषक र व्यवसायी मर्कामा
भारतबाट अवैधरूपमा भइरहेको कुखुराको ओसारपसार कार्य रोक्न पश्चिम नवलपरासीका कुखुरा व्यवसायीले माग गरेका छन् । पछिल्लो समय महामारीको रूपमा फैलिएको
बुद्धमङ्गल ताल ओझेलमा
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१२ जहदास्थित ऐतिहासिक र पुरातात्विक महत्व बोकेका बुद्धमङ्गल ताल अहिले संरक्षण तथा प्रचारप्रसारको अभावमा
प्रतिकृया दिनुहोस