नेपाल ओलम्पिक कमिटीको कार्यकारी निर्देशकमा वैद्य नियुक्त 

नेपाल ओलम्पिक कमिटीको कार्यकारी निर्देशकमा चतुरानन्दराज वैद्य नियुक्त हुनुभएको छ ।  एनओसीको सोमबार र मंगलबार पोखरामा बसेको कार्यसमिति बैठकले ओलम्पिकको विधान अनुसार वैद्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । बैठकले एनओसीको सल्लाहकारमा पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल र शरदसिंह भण्डारीलाई मनोनयन गर्ने निर्णय गरेको छ । यसैगरी एनओसीले वरिष्ट अधिवक्ता लोकभक्त राणालाई कानुनी सल्लाहकारमा नियुक्त गरेको छ । बैठकले आफ्नो बार्षिक साधारण सभामा ओलम्पिक अभियानमा योगदान गर्ने ४ जना पत्रकार, तीनवटा खेल संघ र उत्कृष्ट पुरुष र महिला खेलाडीलाई जनही २५ हजार रुपैयाँ पुरस्कारसहित अवार्ड दिने, प्रत्येक दुई बर्षमा ओलम्पिक कंग्रेश गर्ने र पूर्वमहासचिव तथा नेपाल बास्केटबल संघका अध्यक्ष लामा टेन्डी शेर्पाको उपचारका लागि पाँच लाख रुपैयाँ सहयोग गर्ने निर्णय पनि गरेको छ । बैठकले प्रदेश १ संयोजकमा पिताम्बर तिम्सिना, प्रदेश २ मा अशोक बज्राचार्य र सदस्यमा रामजीबहादुर श्रेष्ठ, प्रकाशशमशेर राणा, बाग्मती प्रदेशको संयोजकमा सुनिलबहादुर श्रेष्ठ, गण्डकी प्रदेश संयोजकमा तेजबहादुर गुरुङ र सदस्यमा तासी घले, प्रदेश ५ संयोजकमा कुमारी तुलसी थापा संयोजक र सदस्यमा दिर्घबहादुर केसी, कर्णालीप्रदेश संयोजकमा दिपकहर्ष बज्राचार्य र सुदुरपश्चिम प्रदेश संयोजकमा रतन तण्डनलाई तोकेको छ ।
 

प्रतिकृया दिनुहोस

एशियाली खेलकुद आयोजना गर्न कतार र साउदी अरेवियाको हानथाप 

क्षेत्रीय प्रतिद्वन्द्वि कतार र साउदी अरेबियामध्ये सन् २०३० को एशियाली खेलकुद कसले आयोजना गर्ने भन्ने सम्बन्धमा प्रतिष्पर्धा हुँदैछ । एसियाली

युरोपियन लिगको सिजन गुम्ने खतरा

कोरोना भाइरसका कारण प्रियिमर लिग लगायत युरोपियन फुटबलको जारी सिजन अन्योलमा परेको छ । युरोपियन फुटबल महासंघका अध्यक्ष अलेकजेन्डर सेफरिनले कोरोनाका

नेपालले नामिबियामा खेल्ने सिरिज स्थगित 

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले नामिबियामा खेल्ने त्रिकोणत्मक सिरिज स्थगित भएको छ । नामिबियामा बैशाख ८ देखि १५ गतेसम्म हुने सातौं