नेपालले नामिबियामा खेल्ने सिरिज स्थगित 

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले नामिबियामा खेल्ने त्रिकोणत्मक सिरिज स्थगित भएको छ । नामिबियामा बैशाख ८ देखि १५ गतेसम्म हुने सातौं चरणको सिरिज स्थगित भएको अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले जनाएको छ । सिरिजमा नेपालसहित आयोजक नामिबिया र स्कटल्याण्ड रहेका थिए । आईसीसीले हिजो  पे्रशविज्ञप्ती जारी गर्दै जुन ३० तारिखभन्दा अघिका सबै प्रतियोगिता स्थगित गरेको पनि उल्लेख गरेको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण सबै स्पर्धा सारेको पनि आईसीसीले जनाएको छ । आईसीसीले सातौं चरणको लिग सेप्टेम्बरमा हुने बताएपनि मिति उल्लेख गरेको छैन । यसअघि छैटौं चरणको लिग समेत कोरोनाको प्रभावका कारण सरेको थियो ।
 

प्रतिकृया दिनुहोस

एशियाली खेलकुद आयोजना गर्न कतार र साउदी अरेवियाको हानथाप 

क्षेत्रीय प्रतिद्वन्द्वि कतार र साउदी अरेबियामध्ये सन् २०३० को एशियाली खेलकुद कसले आयोजना गर्ने भन्ने सम्बन्धमा प्रतिष्पर्धा हुँदैछ । एसियाली

युरोपियन लिगको सिजन गुम्ने खतरा

कोरोना भाइरसका कारण प्रियिमर लिग लगायत युरोपियन फुटबलको जारी सिजन अन्योलमा परेको छ । युरोपियन फुटबल महासंघका अध्यक्ष अलेकजेन्डर सेफरिनले कोरोनाका

नेपाल ओलम्पिक कमिटीको कार्यकारी निर्देशकमा वैद्य नियुक्त 

नेपाल ओलम्पिक कमिटीको कार्यकारी निर्देशकमा चतुरानन्दराज वैद्य नियुक्त हुनुभएको छ ।  एनओसीको सोमबार र मंगलबार पोखरामा बसेको कार्यसमिति बैठकले