युरोपियन लिगको सिजन गुम्ने खतरा

कोरोना भाइरसका कारण प्रियिमर लिग लगायत युरोपियन फुटबलको जारी सिजन अन्योलमा परेको छ । युरोपियन फुटबल महासंघका अध्यक्ष अलेकजेन्डर सेफरिनले कोरोनाका कारण फुटबलको सिजन निश्कर्षमा नपुगी गुम्न सक्ने बताएका छन् । कोरोनाले गर्दा अहिले युरोपका अधिकांश फुटबल गतिविधि स्थगित भएको छ । लिग फुटबल सक्नकै लागि युरोकप समेत एक बर्ष पछि सारिएको थियो । अध्यक्ष सेफरिनले लिग फुटबल जुनको अन्त्यसम्म गरिन नसके सिजन त्यतिकै सकिने जोखिम रहेको पनि बताएका छन् । युईएफएले बन्द स्टेडियमका लिगका खेल खेलाउने विषयमा पनि छलफल गरिरहेको छ । यदि सिजन त्यतिकै सकिएमा ३० बर्षपछि प्रिमियर लिगको उपाधि चुम्ने योजनामा रहेको लिभरपुललाई सबैभन्दा धेरै मर्का पर्नेछ । उपाधि मुखमा रहेको लिभरपुल अहिले २५ अंकले अगाडी छ र लिभरपुलले तीन खेल जिते मात्र च्याम्पियन बन्नेछ । कोरोनाका कारण इङ्लिस फुटबल अप्रिल ३० तारिख सम्म स्थगित गरिएको छ ।
 

प्रतिकृया दिनुहोस

एशियाली खेलकुद आयोजना गर्न कतार र साउदी अरेवियाको हानथाप 

क्षेत्रीय प्रतिद्वन्द्वि कतार र साउदी अरेबियामध्ये सन् २०३० को एशियाली खेलकुद कसले आयोजना गर्ने भन्ने सम्बन्धमा प्रतिष्पर्धा हुँदैछ । एसियाली

नेपालले नामिबियामा खेल्ने सिरिज स्थगित 

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले नामिबियामा खेल्ने त्रिकोणत्मक सिरिज स्थगित भएको छ । नामिबियामा बैशाख ८ देखि १५ गतेसम्म हुने सातौं

नेपाल ओलम्पिक कमिटीको कार्यकारी निर्देशकमा वैद्य नियुक्त 

नेपाल ओलम्पिक कमिटीको कार्यकारी निर्देशकमा चतुरानन्दराज वैद्य नियुक्त हुनुभएको छ ।  एनओसीको सोमबार र मंगलबार पोखरामा बसेको कार्यसमिति बैठकले