एशियाली खेलकुद आयोजना गर्न कतार र साउदी अरेवियाको हानथाप 

क्षेत्रीय प्रतिद्वन्द्वि कतार र साउदी अरेबियामध्ये सन् २०३० को एशियाली खेलकुद कसले आयोजना गर्ने भन्ने सम्बन्धमा प्रतिष्पर्धा हुँदैछ । एसियाली ओलम्पिक काउन्सिलका अनुसार दुवै देशका राजधानी शहरहरू दोहा र र रियादले आवेदन दिएका छन् । आगामी नोभेम्बर २९ मा चीनको सान्यामा आयोजना हुने बैठकमा आयोजक देश छनौट गरिने एसियाली ओलम्पिक काउन्सिलले जनाएको छ । दोहाले यसअघि सन् २००६ मा एसियाली खेलकुदको आयोजना गरेको थियो भने साउदी अरेबियाले भने ठूला स्तरका खेलकुद प्रतियोगिताहरू हालसम्म आयोजना गरेको छैन । दुई देशबीचको कटुतापूर्ण कुटनीतिक सम्बन्धका कारण एसियाली खेलकुद प्रतियोगिताको आयोजक को हुने भन्ने विषय चासोका साथ हेरिएको छ । सन् २०१७ मा साउदी अरेबिया र खाडी क्षेत्रका अन्य देशहरूले सन् २०२२ को विश्वकप फुटबल आयोजक राष्ट्र कतारमाथि नाकाबन्दी लगाएपछि दुई देशबीच सम्बन्ध झनै बिग्रन पुगेको छ ।
 

प्रतिकृया दिनुहोस

युरोपियन लिगको सिजन गुम्ने खतरा

कोरोना भाइरसका कारण प्रियिमर लिग लगायत युरोपियन फुटबलको जारी सिजन अन्योलमा परेको छ । युरोपियन फुटबल महासंघका अध्यक्ष अलेकजेन्डर सेफरिनले कोरोनाका

नेपालले नामिबियामा खेल्ने सिरिज स्थगित 

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले नामिबियामा खेल्ने त्रिकोणत्मक सिरिज स्थगित भएको छ । नामिबियामा बैशाख ८ देखि १५ गतेसम्म हुने सातौं

नेपाल ओलम्पिक कमिटीको कार्यकारी निर्देशकमा वैद्य नियुक्त 

नेपाल ओलम्पिक कमिटीको कार्यकारी निर्देशकमा चतुरानन्दराज वैद्य नियुक्त हुनुभएको छ ।  एनओसीको सोमबार र मंगलबार पोखरामा बसेको कार्यसमिति बैठकले