५ नंम्वर प्रदेशभरिनै लकडाउनको प्रभाव, कपिलवस्तुमा निषेधाज्ञा 

विश्वमा महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को प्रभाव जोखिम नियन्त्रणका लागि नेपाल सरकारले हिजोदेखी लागु गरेको ‘लकडाउन’ को प्रभाव ५ नंम्वर प्रदेशमा समेत देखिएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्तले अन्य जिल्लाभन्दा रुपन्देही प्रदेशको केन्द्र भएकाले कार्यालय सञ्चालन गर्ने जिम्मेवारीले कार्यालय आउने जानेहरूका कारण केही बढी सवारी चलेको बताउनुभयो । उहाँले यस क्षेत्रकै मुख्य सीमा नाका बेलहिया भन्सारमा सोमबार बेलुका भारतका विभिन्न स्थानबाट आएकालाई स्वदेश भित्रिन दिइएको र त्यसपछि भने नाका पूर्णरूपले बन्द रहेको जानकारी दिनुभयो । यस्तै सरकारले घोषणा गरेको ‘लकडाउन’ को सर्वसाधारणले अवज्ञा गरेपछि कपिलवस्तुमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्नुपरेको छ । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले हिजो  विज्ञप्ति जारी गरी अर्को आदेश जारी नहुँदासम्म निषेधाज्ञा आदेश जारी रहने बताउनुभएको छ । यससँगै प्रदेशका अन्य जिल्लामा ‘लकडाउन’को अवस्था सामान्य रहेको प्रदेश प्रहरी कार्यालय तुल्सीपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक नवराज पोखरेलले जानकारी दिनुभयो । यसका साथै प्रदेश सरकारले प्रदेशका मुख्य चार स्थानमा निर्माण गर्ने भनेको आइसोलेशन अस्पतालका लागि विनियोजन गरिएको रु १÷१ करोडलाई बढाएर रु २÷२ करोड पुर्याएको छ । बुटवल उपमहानगरपालिका र लुम्बिनी प्रादेशिक अस्पतालले बुटवलमा निर्माण गरेको कोरोना विशेष आइसोलेशन अस्पतालमा चार जनालाई राखिएको छ । आइसोलेट गरिएका चारैजनाको स्वाब परीक्षणका लागि स्वाब सुरक्षित तरिकाले एम्बुलेन्समा काठमाडौँ पठाउने व्यवस्था गरिएको प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले जानकारी दिनुभयो ।
 

प्रतिकृया दिनुहोस

भैरहवा मेडिकल कलेजलाई कारवाही गर्ने प्रदेश सरकारको चेतावनी 

मन्त्रालयको निर्देशन उल्लंघन गरेको भन्दै भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजलाई प्रदेश ५ सरकारले कारबाहीको चेतावनी दिँदै पत्र काटेको छ ।

विदेशमा रहेका परिवारका सदस्यलाई दाङमा मनोपरामर्श 

रोजगारीका सिलसिलामा विदेशमा रहेकाका परिवारका सदस्यलाई दाङमा फोनबाटै मनोसामाजिक परामर्श दिन थालिएको छ । श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालय र

कपिलवस्तुमा एक स्वास्थ्यकर्मी सहित मुलुकभर १९१ संक्रमित

प्रदेश ५ अन्तर्गत कपिलवस्तुमा एक स्वास्थ्यकर्मीमा पनि कोरोना भाइरस अर्थात कोभिड–१९ संक्रमण पुष्टि भएको खुलेको छ । कपिलवस्तु अस्पताल तौलिहवाकी