कपिलवस्तुमा एक स्वास्थ्यकर्मी सहित मुलुकभर १९१ संक्रमित

प्रदेश ५ अन्तर्गत कपिलवस्तुमा एक स्वास्थ्यकर्मीमा पनि कोरोना भाइरस अर्थात कोभिड–१९ संक्रमण पुष्टि भएको खुलेको छ । कपिलवस्तु अस्पताल तौलिहवाकी स्टाफ नर्स रहेकी २५ वर्षीया युवतीमा संक्रमण देखिएको हो । मंगलबार ३० वैशाख मात्रै कपिलवस्तु जिल्लामा थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यससँगै कपिलवस्तुमा संक्रमितको संख्या २९ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार आज भेटिएका आठै जना कपिलवस्तु नगरपालिकाका हुन्। थप संक्रमित भेटिएकाहरुमा कपिलवस्तु नगरपालिका वडा नं. १ की २५ वर्षीया महिला, वडा नं. ३ का २०, ३२ वर्षीय २ जना पुरुष, वडा नं. ४ का २५ वर्षीय, वडा नं.५ का ३६ वर्षीय पुरुष, वडा नं. ६ का १९ वर्षीय पुरुष, वडा नं. ७ का १९ वर्षीय पुरुष र वडा नं. ८ का २५ वर्षीय पुरुष छन्। उनीहरुको स्वास्थ अवस्था सामान्य रहेको र थप उपचारका लागि बुटवल धागो कारखानामा रहेको कोरोना विशेष अस्पताल पठाईएको छ । कपिलवस्तु जिल्लामा मंगलबार मात्रै ८ जनामा कोरोना संक्रमण देखिएपछि जिल्ला थप संवेदनशील बन्दै गएको महसुस गरिएको छ। जिल्लाको यशोधरा गाँउपालिका वडा नं. ५ का ८ र वडा नं. ८ का ४ जना, बुद्धभुमि नगरपालिका वडा नं. ७ का ३, वडा नं. १० का १ जना रहेका थिए । त्यस्तै, मायादेवी गाउँपालिकामा ४ जना र शुद्धोधन गाउँपालिकामा १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो। जिल्लमा संक्रमित बढ्दै गएपछि कपिलवस्तु जिल्लालाई जेठ ५ सम्म सिल गर्ने निर्णय भएको छ। जिल्ला सुरक्षा समिति बैठकले सोमबार साँझ ५ बजेबाट जिल्लालाई शिल गर्ने निर्णय गरेको हो। ज्ञातव्य छ, अहिले देशभर कोरोना संक्रमितको संख्या १९१ पुगेको छ ।

प्रतिकृया दिनुहोस

भैरहवा मेडिकल कलेजलाई कारवाही गर्ने प्रदेश सरकारको चेतावनी 

मन्त्रालयको निर्देशन उल्लंघन गरेको भन्दै भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजलाई प्रदेश ५ सरकारले कारबाहीको चेतावनी दिँदै पत्र काटेको छ ।

विदेशमा रहेका परिवारका सदस्यलाई दाङमा मनोपरामर्श 

रोजगारीका सिलसिलामा विदेशमा रहेकाका परिवारका सदस्यलाई दाङमा फोनबाटै मनोसामाजिक परामर्श दिन थालिएको छ । श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालय र

तरकारी र दूध किसानलाई समय तालिका 

भारतसँग सिमाना जोडिएको बाँकेको नेपालगञ्जमा कोरोना सङ्क्रमित भेटिएपछि दैलेख जिल्लाका सबै नाका सिल गरी उच्च सतर्कता अपनाइएको छ । जिल्लाका दूध र