भैरहवा मेडिकल कलेजलाई कारवाही गर्ने प्रदेश सरकारको चेतावनी 

मन्त्रालयको निर्देशन उल्लंघन गरेको भन्दै भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजलाई प्रदेश ५ सरकारले कारबाहीको चेतावनी दिँदै पत्र काटेको छ । प्रदेश सरकारले कोभिड–१९ का बिरामीलाई उपचार गर्ने क्रममा सो मेडिकल कलेजले आनाकानी गर्न सुरु गरेपछि मन्त्रालयले चेतावनीयुक्त पत्र काट्नु परेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशंकर प्रसाद चौधरीले बताउनु भयो । युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजसहित प्रदेशका सवै मेडिकल कलेजलाई कोभिड–१९ को व्यवस्थापनमा सहयोग गर्न भनिएअनुसार उक्त कलेजलाई पनि कोभिड–१९ का बिरामीलाई उपचारमा जनशक्ति पठाउन र त्यहाँ छुट्याइएको २० बेडमा बिरामी भर्ना गर्न भनिए पनि अटेर गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उक्त मेडिकल कलेजलाई तीन जना फिजिसियन कन्सल्ट्यान्ट, ६ जना मेडिकल अधिकृत र ९ जना नर्सिङ स्टाफ तोकि कोरोना विशेष अस्पतालमा खटाउन निर्देशन दिएको थियो । त्यसैगरी २० वटा वेड आइसोलेसन बेडको लागि छुट्याउनका लागि आग्रह गरिएको भएपनि भैरहवा मेडिकल कलेजले अहिलेसम्म आइसोलेसन बेडमा बिरामी राख्न नचाहेको र जनशक्ति पनि नपठाएको डा. चौधरीले बताउनु भयो । मन्त्रालयले शुक्रवार काटेको पत्रमा निर्देशन अटेर गरेको हुँदा युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजलाई प्रचलित कानुनका आधारमा कारवाही प्रकृया अघि बढाउने चेतावनी दिइएको उल्लेख गरिएको छ । सामाजिक विकास मन्त्रालयले कोरोना विशेष अस्पतालमा जनशक्ति खटाउन प्रदेशमा रहेका देवदह मेडिकल कलेज रुपन्देही, लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा, कोहलपुर मेडिकल कलेज बाँके र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज गरी ४ वटा नीजि क्षेत्रको मेडिकल कलेजसँग जनशक्ति माग गरेको थियो । अहिले प्रदेश नं ५ मा ४ वटा कोरोना विशेष अस्पतालमा संचालन गरिएको छ । त्यसैगरी आईसोलेसन अस्पताल वेड भएको ५० वटा अस्पताल रहेका छन । अहिलेसम्म ४ वटा विशेष अस्पतालका अलवा केही निजी सहित विभिन्न अस्पतालहरुमा कोरोना संक्रमित राखिएको छ । प्रदेशमा करिव ७ सय स्वास्थ्यकर्मीहरु रहेका छन् । उक्त जनशक्तिले सेवा प्रवाह गर्न समस्या भएपछि निजी अस्पतालसँग सहयोग लिने निर्णय प्रदेश सरकारले गरेको हो ।
 

प्रतिकृया दिनुहोस

विदेशमा रहेका परिवारका सदस्यलाई दाङमा मनोपरामर्श 

रोजगारीका सिलसिलामा विदेशमा रहेकाका परिवारका सदस्यलाई दाङमा फोनबाटै मनोसामाजिक परामर्श दिन थालिएको छ । श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालय र

कपिलवस्तुमा एक स्वास्थ्यकर्मी सहित मुलुकभर १९१ संक्रमित

प्रदेश ५ अन्तर्गत कपिलवस्तुमा एक स्वास्थ्यकर्मीमा पनि कोरोना भाइरस अर्थात कोभिड–१९ संक्रमण पुष्टि भएको खुलेको छ । कपिलवस्तु अस्पताल तौलिहवाकी

तरकारी र दूध किसानलाई समय तालिका 

भारतसँग सिमाना जोडिएको बाँकेको नेपालगञ्जमा कोरोना सङ्क्रमित भेटिएपछि दैलेख जिल्लाका सबै नाका सिल गरी उच्च सतर्कता अपनाइएको छ । जिल्लाका दूध र