विदेशमा रहेका परिवारका सदस्यलाई दाङमा मनोपरामर्श 

रोजगारीका सिलसिलामा विदेशमा रहेकाका परिवारका सदस्यलाई दाङमा फोनबाटै मनोसामाजिक परामर्श दिन थालिएको छ । श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालय र स्वीस सरकारको आर्थिक सहयोगमा दाङका चार स्थानीय तहमा लागू भएको सुरक्षित आप्रवासन परियोजनाअन्तर्गत वैदेशिक रोजगारसँग जोडिएकाहरूका आफन्तलाई परामर्श दिने काम भइरहेको छ । विदेशमा रहेकाहरूको स्वास्थ्य, कामको अवस्था, कोरोनाले पारेको प्रभाव आदिबारे पनि परिवारका सदस्यसँग बुझ्ने र आवश्यक सहयोग, समन्वय गर्ने कार्य भइरहेको परियोजना जिल्ला संयोजक वसन्ता पुनले जानकारी दिनुभयो । कोरोना भाइरसको महामारीका कारण विदेशमा रहेका आफन्तको चिन्ताले मानसिक असर पर्न नदिन फोनबाट मनोपरामर्श दिने गरिएको उहाँले बताउनुभयो । विदेशमा अप्ठेरामा परेकाहरूका परिवारका सदस्यमा पनि मानसिक प्रभाव पर्ने भएकाले उनीहरूलाई पनि परामर्श उपलब्ध गराउने गरिएको उहाँको भनाइ छ । 
 

प्रतिकृया दिनुहोस

भैरहवा मेडिकल कलेजलाई कारवाही गर्ने प्रदेश सरकारको चेतावनी 

मन्त्रालयको निर्देशन उल्लंघन गरेको भन्दै भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजलाई प्रदेश ५ सरकारले कारबाहीको चेतावनी दिँदै पत्र काटेको छ ।

कपिलवस्तुमा एक स्वास्थ्यकर्मी सहित मुलुकभर १९१ संक्रमित

प्रदेश ५ अन्तर्गत कपिलवस्तुमा एक स्वास्थ्यकर्मीमा पनि कोरोना भाइरस अर्थात कोभिड–१९ संक्रमण पुष्टि भएको खुलेको छ । कपिलवस्तु अस्पताल तौलिहवाकी

तरकारी र दूध किसानलाई समय तालिका 

भारतसँग सिमाना जोडिएको बाँकेको नेपालगञ्जमा कोरोना सङ्क्रमित भेटिएपछि दैलेख जिल्लाका सबै नाका सिल गरी उच्च सतर्कता अपनाइएको छ । जिल्लाका दूध र