सचेतनाले नै कोरोनाविरुद्धको लडाइँ जित्न सकिने मुख्यमन्त्री पोख्रेलको जोड 

मुख्यमन्त्री शङ्कर पोखरेलले नागरिक सचेतनाले नै कोरोनाविरुद्धको लडाइँ जित्न सकिने बताउनुभएको छ । मुख्यमन्त्री पोखरेलले प्रदेशवासी  नाममा हिजो सम्बोधन गर्दै महामारीसँग जुध्नका लागि सबैले आफ्ना व्यवहार, आनीबानी र दैनिकीमा परिवर्तन गर्न जरूरी रहेकामा जोड दिनुभएको छ । कोरोनाविरुद्धको लडाइँ जित्नका लागि सरकारले गरेका निर्णयलाई पूर्णरुपमा पालना गर्न र अरुलाई पनि पालना गर्न प्रेरित गर्न प्रदेशवासीलाई उहाँले अनुरोध गर्नुभएको छ । कोरोनाको सङ्क्रमण रोक्न तथा रोकथामका लागि प्रदेश सरकारका तर्फबाट पूर्वतयारीको कामलाई प्रभावकारी बनाइएको बताउँदै उहाँले सङ्क्रमण भित्रन नदिन, सचेतना जगाउन, क्वारेन्टाइनको प्रबन्ध मिलाउन र सङ्क्रमितको उपचारको व्यवस्थाका लागि तीनै तहका सरकार आपसी समन्वय र सहकार्यमा गरी क्रियाशील रहेको बताउँदै सरकारले सम्भावित जोखिमलाई नियन्त्रण गर्न लिएका निर्णयको पूर्ण कार्यान्वयनका लागि सबैको सार्थक सहयोगको आवश्यकता आँैल्याउनुभएको छ ।
 

प्रतिकृया दिनुहोस

भैरहवा मेडिकल कलेजलाई कारवाही गर्ने प्रदेश सरकारको चेतावनी 

मन्त्रालयको निर्देशन उल्लंघन गरेको भन्दै भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजलाई प्रदेश ५ सरकारले कारबाहीको चेतावनी दिँदै पत्र काटेको छ ।

विदेशमा रहेका परिवारका सदस्यलाई दाङमा मनोपरामर्श 

रोजगारीका सिलसिलामा विदेशमा रहेकाका परिवारका सदस्यलाई दाङमा फोनबाटै मनोसामाजिक परामर्श दिन थालिएको छ । श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालय र

कपिलवस्तुमा एक स्वास्थ्यकर्मी सहित मुलुकभर १९१ संक्रमित

प्रदेश ५ अन्तर्गत कपिलवस्तुमा एक स्वास्थ्यकर्मीमा पनि कोरोना भाइरस अर्थात कोभिड–१९ संक्रमण पुष्टि भएको खुलेको छ । कपिलवस्तु अस्पताल तौलिहवाकी