नेकपा कार्यकर्तालाई अध्यक्षद्वयको सर्कुलर 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कोरोना भाइरसको जोखिमबाट बच्न र बचाउन उच्च सतर्कताका साथ तयारीमा जुट्न पार्टी कार्यकर्तालाई निर्देश गरेको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हिजो विशेष सर्कुलर जारी गरी सरकारले चालेका कदम महत्वपूर्ण भएकाले यसको स्वागत र समर्थन गरी सहयोगी हात फैलाउन आग्रह गरिएको छ । पार्टीले अर्को निर्देशन नआएसम्मका लागि पार्टी तथा पार्टी निकटका जनवर्गीय सङ्गठनका तर्फबाट बैठक, भेला, सदस्यता नवीकरणलगायत सबै प्रकारका कार्यक्रम स्थगित गर्ने र लकडाउनको पालना गरी स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थालगायत राज्यका आधिकारिक निकायहरूसँगको समन्वयमा सचेतना, पूर्वतयारी र सहयोगका लागि स्वयंसेवकको भूमिकामा परिचालित हुने भनी निर्देशन दिएको छ । सर्कुलरमा हवाई वा स्थलमार्गको प्रयोग गरी विदेशबाट आएका कुनै पनि व्यक्तिलाई १४ दिनसम्म सेल्फ आइशोलेसन वा क्वारेन्टाइनमा रहन प्रेरित गरी त्यस्ता व्यक्तिको लगत सङ्कलनमा सघाइ नजिकको स्वास्थ्य चौकीलाई सूचीत  र स्थानीय तहमा आवश्यक पूर्वाधार र स्वास्थ्य उपकरणमा सहयोग गर्न भनिएको छ ।
 

प्रतिकृया दिनुहोस

स्थानिय जनशक्तिलाई प्राथमिक्ता दिनुपर्ने नेताहरुको जोड

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरस छिमेकी जिल्लाहरुमा बढने क्रमले गति लिएसँगै अर्घाखाँची जिल्लामा रहेका तिन प्रमुख राजनैतिक दलका

सभापति देउवाद्वारा ‘जनता समाजवादी पार्टी’ लाई शुभकामना 

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीय संसद्मा प्रतिनिधित्व गरेका दुई राजनीतिक दल ‘समाजवादी पार्टी’ र ‘राष्ट्रिय जनता पार्टी

अध्यादेश फिर्ता लिन नेपाली काँग्रेसको माग 

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले संविधानको मर्म र भावना विपरीत अध्यादेश जारी गरेको भनी तिनलाई फिर्ता लिन माग गरेको छ । पार्टी सभापति