सभापति देउवाद्वारा ‘जनता समाजवादी पार्टी’ लाई शुभकामना 

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीय संसद्मा प्रतिनिधित्व गरेका दुई राजनीतिक दल ‘समाजवादी पार्टी’ र ‘राष्ट्रिय जनता पार्टी नेपाल’ बीच एकता भएर ‘जनता समाजवादी पार्टी’ बनेकोमा खुशी व्यक्त गर्नुभएको छ । उहाँले हिजो एक वक्तव्यमार्फत ती दुई पार्टीको एकीकरणले बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणालीलार्ई मजबुत बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । सभापति देउवाले नवगठित ‘जनता समाजवादी पार्टी’ का नेतृत्व तथा सो पार्टीसँग आबद्ध सबैमा काँग्रेस र आफ्नो व्यक्तिगत तर्फबाट बधाई एवं शुभकामना व्यक्त गर्नुभएको छ । उक्त दुवै दलले बुधबार राति पार्टी एकताको सहमति गरी हिजो निर्वाचन आयोग र सङ्घीय संसद् सचिवालयमा जानकारी गराएका छन् ।

प्रतिकृया दिनुहोस

स्थानिय जनशक्तिलाई प्राथमिक्ता दिनुपर्ने नेताहरुको जोड

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरस छिमेकी जिल्लाहरुमा बढने क्रमले गति लिएसँगै अर्घाखाँची जिल्लामा रहेका तिन प्रमुख राजनैतिक दलका

अध्यादेश फिर्ता लिन नेपाली काँग्रेसको माग 

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले संविधानको मर्म र भावना विपरीत अध्यादेश जारी गरेको भनी तिनलाई फिर्ता लिन माग गरेको छ । पार्टी सभापति

पार्टीलाई एकताबद्ध बनाउन पूर्वप्रम नेपालको आह्वान 

पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले वर्तमान चुनौतीपूर्ण घडीमा पार्टी एकताप्रति संवेदनशील रहन,