स्थानिय जनशक्तिलाई प्राथमिक्ता दिनुपर्ने नेताहरुको जोड

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरस छिमेकी जिल्लाहरुमा बढने क्रमले गति लिएसँगै अर्घाखाँची जिल्लामा रहेका तिन प्रमुख राजनैतिक दलका प्रमुखहरुले आज संयुक्तरुपमा प्रेस बिज्ञप्ती सार्वजनिक गरेका छन् । मानवजातीलाई नष्ट गर्ने कठित सोचका साथ अगाडी बढेको कोभिड १९ सँग सामना गर्न काँधमा काँध मिलाउने जिल्लास्थीत सबै राजनैतिक दल, राष्टसेवक कर्मचारी, स्वास्थ्य कर्मी, सन्चारकर्मी लगायत आ आफनो स्थानबाट अहम भुमिका निर्वाह गर्ने सबैजना प्रत्ति हार्दिक आभार सहित लकडाउनको पूर्ण पालनाका लागि अपिल गरिएको छ । यो महामारीसँग जिल्लावासीहरुलाई सुरक्षित गराउन सबै टोलवस्तीमा रहेका युवाहरुले यो वा त्यो पार्टी नभनी मानव धर्मलाई मुल मन्त्र बनाउँदै स्थानिय सरकारसँगको समन्वयमा लुकिछिपि आउनेहरुलाई क्वारेन्टाईनमा राख्ने देखी जनचेतना लगायतका कार्यहरुमा सक्रिय बन्न प्रेस विज्ञप्तीमा आव्हान गरिएको छ । दिनभर मिहिनेत गरि विहान साँझ जोहोको माध्यम गर्नेहरुको सहि पहिचान गरि प्रधानमन्त्री रोजगार कार्यक्रम तथा स्थानिय तहका विकास निर्माणमा लगाई ढुुक्क सँग जिवन निर्वाह हुने बातावरण मिलाउन समेत आ आफना पार्टीका कार्यकर्ताहरुलाई आव्हान गरिएको छ । नेपाल कमन्युष्ट पार्टी नेकपाका जिल्ला अध्यक्ष चेतनारायण आचार्य, नेपाली कांग्रेस जिल्ला सभापनि विष्नु खनाल मुस्कान र राष्ट्यि जनमोर्चाका सचिव बावुराम पन्थि सुनारद्धारा संयुक्तरुपमा हस्ताक्षरीत प्रेस विज्ञप्तीमा स्थानिय जनशक्तिलाई प्राथमिक्ता दिई स्थानिय तह र जिल्ला प्रशासनको समन्वयमा सामाजिक दुरी कायम राखी विकास निर्माण कार्यलाई अगाडी बढाउन समेत आग्रह गरिएको छ ।

प्रतिकृया दिनुहोस

सभापति देउवाद्वारा ‘जनता समाजवादी पार्टी’ लाई शुभकामना 

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीय संसद्मा प्रतिनिधित्व गरेका दुई राजनीतिक दल ‘समाजवादी पार्टी’ र ‘राष्ट्रिय जनता पार्टी

अध्यादेश फिर्ता लिन नेपाली काँग्रेसको माग 

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले संविधानको मर्म र भावना विपरीत अध्यादेश जारी गरेको भनी तिनलाई फिर्ता लिन माग गरेको छ । पार्टी सभापति

पार्टीलाई एकताबद्ध बनाउन पूर्वप्रम नेपालको आह्वान 

पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले वर्तमान चुनौतीपूर्ण घडीमा पार्टी एकताप्रति संवेदनशील रहन,