बिक्री हुन छाडेको भन्दै पाल्पामा ६ हजार कुखुरा नष्ट 

पाल्पाको रैनादेवी छहरा–३, भुवनपोखरी किसानले दानाको अभाव देखाएर र बिक्री हुन छाडेपछि बोइलर कुखुरा जिउँदै गाडेका छन् । लकडाउनका कारण दानाको अभाव र कुखुरा विक्री हुन छाडेपछि त्यहाँका किसानले बोइलर कुखुरालाई जिउँदै गाडेका हुन् । रैनादेवी छहरा गाउँपालिका—३ का वडाध्यक्ष लालबहादुर दर्लामीका अनुसार दोब्बर घाटा हुने डरले किसानले कुखुरालाई जिउँदै जङ्गलमा छाडिएको बताउनुभयो । जथाभावी कुखुरा फाल्दा दुर्गन्धित हुने त्रास बढेपछि कुखुरा गाडिएको हो । भुवनपोखरी डाडागाउँका चार कुखुरा फार्म र तालपोखरीको एक फार्मबाट छ हजार कुखुरालाई नष्ट गरिएको हो । अठ्ठाईस दिनदेखि ४० दिनसम्म पालेका कुखुरा दुईदेखि तीन किलोसम्म रहेका छन् । तानसेन र बुटबलदेखि दाना ल्याउनुपर्ने बाध्यता रहेको थियो । कोरोना रोगको सङ्क्रमणको भयले कुखुरा बिक्री हुन छाडेपछि स्थानीय कुखुरापालकहरू मोहन पौडेल, बेदप्रसाद मरासिनी, खुमानन्द मरासिनी, प्रकाश बोहोरा र धर्म पोडेललगायतले कुखुरालाई जङ्गलमा गाड्नु परेको बताउनुभयो ।
 

प्रतिकृया दिनुहोस

भैरहवा मेडिकल कलेजलाई कारवाही गर्ने प्रदेश सरकारको चेतावनी 

मन्त्रालयको निर्देशन उल्लंघन गरेको भन्दै भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजलाई प्रदेश ५ सरकारले कारबाहीको चेतावनी दिँदै पत्र काटेको छ ।

विदेशमा रहेका परिवारका सदस्यलाई दाङमा मनोपरामर्श 

रोजगारीका सिलसिलामा विदेशमा रहेकाका परिवारका सदस्यलाई दाङमा फोनबाटै मनोसामाजिक परामर्श दिन थालिएको छ । श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालय र

कपिलवस्तुमा एक स्वास्थ्यकर्मी सहित मुलुकभर १९१ संक्रमित

प्रदेश ५ अन्तर्गत कपिलवस्तुमा एक स्वास्थ्यकर्मीमा पनि कोरोना भाइरस अर्थात कोभिड–१९ संक्रमण पुष्टि भएको खुलेको छ । कपिलवस्तु अस्पताल तौलिहवाकी