पार्टीलाई एकताबद्ध बनाउन पूर्वप्रम नेपालको आह्वान 

पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले वर्तमान चुनौतीपूर्ण घडीमा पार्टी एकताप्रति संवेदनशील रहन, पार्टीलाई एकताबद्ध बनाइराख्न र आपसी हार्दिकता अभिवृद्धि गर्न आह्वान गर्नुभएको छ । वरिष्ठ नेता नेपालले नेपाल कम्युनिस्ट पार्टीको ७१औँ स्थापना दिवसका अवसरमा संस्थापक महासचिव पुष्पलाललगायत संस्थापकहरूको स्मरण गर्दै हिजो जारी गर्नुभएको प्रेस विज्ञप्तिमा बलियो र एकताबद्ध पार्टीबाट मात्रै मुलुकको आमूल परिवर्तनको नेतृत्व गर्न र जनताले सुम्पेको जिम्मेवारी कुशलताका साथ पूरा गर्न सकिने उल्लेख छ । कम्युनिस्ट आन्दोलनका विगतका टुटफुट र विभाजनका नकारात्मक अनुभवबाट पाठ सिक्दै दुई वर्षअघि गरेको पार्टी एकतालाई अझ सुदृढ, दिगो र बलियो बनाउनु यतिबेला सबै नेता–कार्यकर्ताको गहन जिम्मेवारी भएको उहाँले उल्लेख गर्नुभएको छ । “मुलुक चुनौतीपूर्ण अवस्थामा रहेको बेलामा पार्टीको दायित्व अझै बढेको छ, नयाँ संविधान जारी भएपछि सम्पन्न निर्वाचनमा जनताले पार्टीलाई दिएको अभिमत सामाजिक न्यायसहितको समुन्नत र समृद्ध मुलुक निर्माणको अभिभारा पूरा गर्नका लागि हो”,  विज्ञप्तिमा भनिएको छ, “नेपालको राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता, अखण्डता र स्वाभिमानलाई बलियो तुल्याउनको लागि हो ।”राष्ट्रिय राजनीतिमा पार्टीले निर्वाह गरिरहेको नेतृत्वदायी भूमिका पार्टीको विधि–पद्घति तथा सङ्गठनात्मक प्रणाली, नेतृत्व तहबीचको विश्वास, कार्यकर्ताहरूबीचको एकताबद्ध सहकार्य र जनसमुदायको समर्थनबाट मात्र सफलताका साथ पूरा गर्न सकिने विज्ञप्तिमा उल्लेख छ ।  कोरोना भाइरसको महामारीले विश्वसहित नेपाललाई आक्रान्त पारिरहेको बेला सरकार तथा सरकारको नेतृत्व गरिरहेको पार्टीका हैसियतले सिङ्गो राष्ट्र, पार्टीसहित अन्य पार्टीका नेता, कार्यकर्ता र जनताको ध्यान महामारीको सङ्क्रमणका विरुद्ध लड्ने काममा केन्द्रित हुनुपर्ने विज्ञप्तिमा उल्लेख छ । साथै, सरकारले गरेका निर्णयको पालना गर्दै आफू पनि सुरक्षित रहँदै जनताको स्वास्थ्य र जीवन सुरक्षामा केन्द्रित रहन र जनसेवाको भावनाबाट अग्रसर हुन नेता नेपालले सबैलाई अनुरोध गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस

स्थानिय जनशक्तिलाई प्राथमिक्ता दिनुपर्ने नेताहरुको जोड

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरस छिमेकी जिल्लाहरुमा बढने क्रमले गति लिएसँगै अर्घाखाँची जिल्लामा रहेका तिन प्रमुख राजनैतिक दलका

सभापति देउवाद्वारा ‘जनता समाजवादी पार्टी’ लाई शुभकामना 

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीय संसद्मा प्रतिनिधित्व गरेका दुई राजनीतिक दल ‘समाजवादी पार्टी’ र ‘राष्ट्रिय जनता पार्टी

अध्यादेश फिर्ता लिन नेपाली काँग्रेसको माग 

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले संविधानको मर्म र भावना विपरीत अध्यादेश जारी गरेको भनी तिनलाई फिर्ता लिन माग गरेको छ । पार्टी सभापति