आफना कर्मचारीलाई आर्थिक सहयोग

पाणिनी गाउँपालिका वडा नं. ४ पटौटीको नियालीबाट व्यवसायको शिलशिलामा रुपन्देही जानु भएका जिवन परियारले आफु मातहतका मजदुरहरुलाई राहतस्वरुप नगद रकम उपलव्ध गराउनु भएको छ । बुटवलको नेपालगन्ज रोड अर्थात पुरानो बसपार्क नजिकै सन्चालनमा रहेको श्रेष्ठ टेलरिङ्ग सेन्टरका प्रोपराईटर परियारले आफुसँग काम गर्ने सबैजनालाई बिश्वब्यापी माहामारिको रूपमा फैलिएको कोरोना भाइरसका कारण लकडाउनको समयमा समस्या खेप्नु नपरोश भन्दै सहयोग गर्ने निर्णय गर्नुभएको हो । प्रत्ति व्यक्ति रु ३ हजारका दरले नगद सहयोग उपलब्ध गराउन शुरु गर्नुभएका परियारले लकडाउन बढदै गए आफु मातहतका कामदारहरुलाई भोकै बस्न नदिने समेत बताउनु भएको छ ।। 

प्रतिकृया दिनुहोस

भैरहवा मेडिकल कलेजलाई कारवाही गर्ने प्रदेश सरकारको चेतावनी 

मन्त्रालयको निर्देशन उल्लंघन गरेको भन्दै भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजलाई प्रदेश ५ सरकारले कारबाहीको चेतावनी दिँदै पत्र काटेको छ ।

विदेशमा रहेका परिवारका सदस्यलाई दाङमा मनोपरामर्श 

रोजगारीका सिलसिलामा विदेशमा रहेकाका परिवारका सदस्यलाई दाङमा फोनबाटै मनोसामाजिक परामर्श दिन थालिएको छ । श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालय र

कपिलवस्तुमा एक स्वास्थ्यकर्मी सहित मुलुकभर १९१ संक्रमित

प्रदेश ५ अन्तर्गत कपिलवस्तुमा एक स्वास्थ्यकर्मीमा पनि कोरोना भाइरस अर्थात कोभिड–१९ संक्रमण पुष्टि भएको खुलेको छ । कपिलवस्तु अस्पताल तौलिहवाकी