बौद्धदर्शन अमूल्य भएको मुख्यमन्त्री पोखरेलको भनाई

मुख्यमन्त्री शंकर पोखरेलले बौद्धदर्शन बौद्ध धर्मावलम्बीका लागि मात्रै नभएर सम्पूर्ण मानव जातिकै लागि अमूल्य निधि भएको बताउनुभएको छ । दुई हजार ५६४ औंँ बुद्ध जयन्तीका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले गौतम बुद्ध मानिसलाई सत्कर्मका बाटामा हिँडाउन सफल हुनु भएकाले नै उहाँका उपदेश आज सम्पूर्ण मानव जातिमा स्थापित भएको उल्लेख गर्नुभएको छ । उहाँले बुद्धले २९ वर्षका उमेरमा दुःखको कारणको खोजीमा गृहत्याग गरेर भ्रातृत्व र मानवकल्याणका लागि महान् दार्शनिक विचारबाट समाजलाई दीक्षित गर्नुभएकोलेनै मानव समाज सत्कर्मको बाटामा हिँड्न प्रेरित भएको सन्देशमा जनाउनुभएको छ । मुख्यमन्त्री पोखरेलले प्राचीन कपिलवस्तु र कोलीय गणराज्यमा माटोमुनि दबिएर रहेका सम्पदास्थलको अन्वेषण गर्दै मानव जातिको अमूल्य निधिका रूपमा संरक्षित गर्नु आवश्यक रहेको जनाउँदै प्रदेश सरकारले बुद्धकालीन सम्पदाका रूपमा रहेका ऐतिहासिकस्थल तिलौराकोट, रामग्राम, देवदह, निग्लिहवा, गोटिहवा, सगरहवा र अरौराकोटको खोजअनुसन्धानका साथ प्रदेश सरकारले योजनाबद्ध रुपले काम अघि बढाएको बताउनुभएको छ ।
 

प्रतिकृया दिनुहोस

भैरहवा मेडिकल कलेजलाई कारवाही गर्ने प्रदेश सरकारको चेतावनी 

मन्त्रालयको निर्देशन उल्लंघन गरेको भन्दै भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजलाई प्रदेश ५ सरकारले कारबाहीको चेतावनी दिँदै पत्र काटेको छ ।

विदेशमा रहेका परिवारका सदस्यलाई दाङमा मनोपरामर्श 

रोजगारीका सिलसिलामा विदेशमा रहेकाका परिवारका सदस्यलाई दाङमा फोनबाटै मनोसामाजिक परामर्श दिन थालिएको छ । श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालय र

कपिलवस्तुमा एक स्वास्थ्यकर्मी सहित मुलुकभर १९१ संक्रमित

प्रदेश ५ अन्तर्गत कपिलवस्तुमा एक स्वास्थ्यकर्मीमा पनि कोरोना भाइरस अर्थात कोभिड–१९ संक्रमण पुष्टि भएको खुलेको छ । कपिलवस्तु अस्पताल तौलिहवाकी