तरकारी र दूध किसानलाई समय तालिका 

भारतसँग सिमाना जोडिएको बाँकेको नेपालगञ्जमा कोरोना सङ्क्रमित भेटिएपछि दैलेख जिल्लाका सबै नाका सिल गरी उच्च सतर्कता अपनाइएको छ । जिल्लाका दूध र तरकारी बेच्न किसानलाई सामाजिक दूरी कायम गर्दै बिहान ६ देखि ८ बजेसम्मको समय तोकिएको छ । कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन स्थानीय प्रशासनले सुरक्षा समितिको बैठक बसी सबै नाका सिल गरी संयुक्त सुरक्षाकर्मी परिचालन गर्ने भए पनि तरकारी र दूध किसानका लागि र प्रयोगकर्ताका लागि सामाजिक दूरी कायम गर्दै बिहान दुई घण्टाको समय निर्धारण गरेको हो । प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले दैलेख सदरमुकाममा तरकारी र दूध नगरभित्रका किसानले ल्याउने हुँदा उहाँहरूको परिश्रम खेर जान नदिन र आम नागरिकलाई अत्आवश्यक पर्ने भएकाले समय तालिका निर्धारण गरी सहजता ल्याइएको जानकारी दिनुभयो । तरकारी किसानका लागि जिल्लाभरि नै सामाजिक दूरी कायम गरी बिक्री वितरण गर्न सकिने पनि परिपत्र स्थानीय सरकारमार्फत जानकारी गराइएको छ । किसानलाई उनीहरूले उत्पादन गरेको तरकारी र दूध बिक्री गर्ने वातावरण मिलाएको प्रति किसान खुशी भएका छन् । जिल्ला कृषि विकास कार्यालय दैलेखका प्रमुख तिलक पाण्डेले एघार स्थानीय तह र ९० वडा रहेको दैलेखमा वार्षिक रु १५ करोडको तरकारी र दूध उत्पादन हुने बताउनुभयो ।
 

प्रतिकृया दिनुहोस

भैरहवा मेडिकल कलेजलाई कारवाही गर्ने प्रदेश सरकारको चेतावनी 

मन्त्रालयको निर्देशन उल्लंघन गरेको भन्दै भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजलाई प्रदेश ५ सरकारले कारबाहीको चेतावनी दिँदै पत्र काटेको छ ।

विदेशमा रहेका परिवारका सदस्यलाई दाङमा मनोपरामर्श 

रोजगारीका सिलसिलामा विदेशमा रहेकाका परिवारका सदस्यलाई दाङमा फोनबाटै मनोसामाजिक परामर्श दिन थालिएको छ । श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालय र

कपिलवस्तुमा एक स्वास्थ्यकर्मी सहित मुलुकभर १९१ संक्रमित

प्रदेश ५ अन्तर्गत कपिलवस्तुमा एक स्वास्थ्यकर्मीमा पनि कोरोना भाइरस अर्थात कोभिड–१९ संक्रमण पुष्टि भएको खुलेको छ । कपिलवस्तु अस्पताल तौलिहवाकी